आजको पञ्चाङ्ग
श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ वैशाख २० गते मंगलबार तद्अनुसार सन् २०२२मे ३ तारिख वैशाख शुक्लपक्षको तृतीया तिथि रोहिणी नक्षत्र सोभन योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । परशुराम जयन्ती, अक्षय तृतीया, शिवपार्वतीको विवाह महोत्सव, अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस ।
आजको राशिफल
मेष – धन वृद्धि हुने र यात्रामा सफलता प्राप्त हुने योग छ । तर श्रम गरीकन मूल्य प्राप्त नहुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुऱ्याउनुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।
वृष – आरोग्यता हुनेछ र रसरागमा रुचि रहला । विभिन्न भौतिक साधन संग्रह गर्न चहेमा आजको दिन अवसर हो । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला ।
मिथुन – समय मिश्रित फलदायक छ । प्रेममा आकर्षण बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
कर्कट – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । सुख समृद्धि बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ ।
सिंह – ग्रहगोचर शुभ नै रहला । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ । तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।
कन्या – कार्यमा सफलता मिल्ने योग भए पनि अवसरवादीहरूले झुक्याउन सक्छन् । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिनेछ । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
तुला – रसरागमा रुचि बढ्नेछ । कार्यमा सफलता भैरहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । कमजोरी लुकाउँदा पछि परिनेछ । समस्याको समाधान मिल्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।
वृश्चिक – आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । मिठो भोजन मिल्नेछ । दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन् । भौतिक साधन प्राप्त हुनेछन् । तथापि, अरुमाथि भर पर्नु उचित हुने छैन ।
धनु – लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । साथीभाइको साथ मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
मकर – भाग्य वृद्धि हुनुका साथै आरोग्यता बढ्ला । आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । धन समृद्धिमा वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । मनोकूलको काम बन्नेछ । मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।
मीन – वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । मिठो भोजन मिल्ला ।
















































