आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ वसन्त ऋतु नलनामक संवत्सर वि.सं. २०७९ बैशाख २६ गते तद् अनुसार सन् २०२२ मे ९ तारिख सोमबार वैशाख शुक्लपक्षको अष्टमी तिथि अश्लेषा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा १३ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीपशुपतिनाथमादमनार्पण, कानूनदिवस ।
आजको राशिफल
मेष – रचनात्मक काममा सफलता प्राप्त हुने योग रहे पनि हातमा आएको अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । सत्कार्यमा जुट्नाले फाइदै होला । रसरागमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।
वृष – मान महत्व, यश, वर्चश्व वृद्धि हुनेछन् । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रतिष्ठित तथा कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । समयलाई सदुपयोग गर्नु हितकर हुनेछ ।
मिथुन – आज व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । परिवारिक काममा सफलता मिल्नेछ । गौरव वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ ।
कर्कट – भागदौड बढ्नेछ । आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा हितैषी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । बल विवेकले काम बन्नेछ ।
सिंह – आजको दिन विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थयका लागि खानपानमा पनि सजक रहनुपर्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । हासविलासमा आकर्षण बढ्नेछ । यात्रा होला । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
कन्या – कार्य सफलता हुने दिन छ । व्यस्तता भने बढ्नेछ । भोगविलासमा मन रमाउनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगति हुने दिन रहेको छ । यात्रा होला । उन्नति पदोन्नति हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ । सन्तानको सहयोग मिल्नेछ ।
तुला – पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – लेखन तथा प्रकाशनसित सम्बन्धित काम बन्नेछ । तर, आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनेछन् । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । मित्रजनको साथ मिल्नेछ ।
धनु – आज आम्दानीको तुलनामा खर्च ज्यादा होला । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला । ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त हुने दिन रहेको छ । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
मकर – आजको दिन मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । आशा देखाउनेहरूले फसाउन सक्छन् । धोखा हुने तथा ठगिने सम्भावना रहनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।
कुम्भ – धन यश मान सुख समृद्धि बढे पनि आज पढाइलेखाइको काममा खासै राम्रो छैन । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ भने अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यसका बाबजुद मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण र आरोग्यता वृद्धि हुनेछ । तथापि, जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला ।