डडेल्धुराको गन्यापधुरा गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहपालिका रहेको गन्यापधुरा गाउँपालिका-४ मा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित बिजयी भएका हुन् ।
गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएको यस वडामा माओवादीकै उम्मेदवार प्रतिद्वन्द्वी थिए । माओवादीका उम्मेदवार अहिल्या कुँवर प्रधानसँग २ सय पचास मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएको जनाइएको छ । उनीलगायत विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । ५ वटा वडा रहेको गन्यापधुरामा १, २, ३ र ५ मा मतगणना भइरहेको बताइएको छ ।