कपिलवस्तुको बुद्धभुमी नेपाली कांग्रेसले वडा नः १ मा तिलक बस्नेत वडाध्यक्ष पदमा बिजयी भएका छन ।कुल खसेको ४४ सय ३४ मत मध्ये तिलक बस्नेत ७९ मत अन्तरले बिजयी भएका हुन । उनले १५ सय ६० र एमालेका बलराम भुसालले १४ सय ८१ तथा बिपी कांग्रेसका दिनेश थारुले ८७१ मत ल्याएका छन ।
मेयरमा कांग्रेसका केशव कुमार श्रेष्ठले २ सय ४७ मतको अग्रता लिएका छन । उनले १८ सय ३९ र एमालेका पितम्बर खनालले १५ सय ९२ मत ल्याएका छन । यस्तै उम मेयरका कांग्रसेले १६ सय ८० र सुर्यले १७ सय २७ मत ल्याएका छन ।