आजको पञ्चाङ्ग
श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ ३ गते मंगलबार तद्अनुसार सन् २०२२ मे १७ तारिख ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि ८ः७ पर द्वितीया तिथि अनुराधा नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा बज्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ बजे भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन दौडधुप वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइने छ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । शत्रुसित लड्ने क्षमता बढ्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । सुख समृद्धि बढ्नेछ ।
वृष – आरोग्यता बढ्नेछ । रसरागमा मन जाला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । आर्थिक समुन्नतिको योग छ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – धेरै परिश्रमबाट थोरै मात्र लाभ मिल्ने समय छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । यसका बाबजुद प्रेममा आकर्षण बढ्नेछ । व्यस्तता पनि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।
कर्कट – प्रेमभाव र सुख बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । तर मान सम्मान मिले पनि मनमा डर रहने छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ ।
सिंह – दिन सुखमय बित्ने देखिन्छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।
कन्या – ग्रहगोचर मिश्रित फलदायक रहला । कार्यमा सफलता मिल्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
तुला – आज अनावश्यक झमेलामा पर्ने र केही हानि पनि हुन सक्छ, सावधान रहनुहोला । केही विरोध र आँटेको काम अवरुद्ध बन्न सक्छ । रसरागमा भने रुचि बढ्नेछ । कठिनाइका बाबजुद समस्याको समाधान मिल्नेछ । सन्तानको साथ मिल्नेछ । आज अरुको भर नपरी काम गरेकै बेस होला ।
वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । पुराना साथिसंगी संग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । आजको दिन जोखिमयुक्त काममा भने हात नहालेकै राम्रो ।
धनु – आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मित्रजनको साथ मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।
मकर – बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् तर मानहानि वा अपजशको सम्भावना पनि छ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुखशान्ति मिल्नेछ र मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्न सक्छ, सावधान रहनुहोला । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, होस राख्नुहोला । उनु होला । प्रयत्न गर्दा समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता र सन्ततिसुखको योग छ ।
मीन – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ ।