आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु नलनामक संवत्सर वि.सं. २०७९ ज्येष्ठ १० गते तद् अनुसार सन् २०२२ मे २४ तारिख मंगलबार ज्येष्ठ कृष्णपक्षको नवमी तिथि पूर्वाभाद्रपद नक्षत्र वैधृति योग ०ः५५ पर विषकुम्भ योग वणि करण आनन्दादिमा काण योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा र सूर्यास्त साँझ १८ः५० मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन प्रतिष्ठा, मान/सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । नयाँ सम्भावना रहेको छ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । रसरागमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – दायित्व बढ्नुका साथै मान महत्व, यश, वर्चश्व वृद्धि हुनेछन् । व्यस्तता बढ्नेछ तर जिम्मेवारीका काम समयमै सम्पन्न हुँदा फुर्सदिलो अनुभूति हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । समयलाई सदुपयोग गर्नु हितकर हुनेछ ।
मिथुन – यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक काममा सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । काममा रोकावट र कम मात्र फाइदा हुने समय छ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ ।
कर्कट – दौडधुप बढ्नेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । बलविवेकले काम बन्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।
सिंह – धन वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । हासविलासमा आकर्षण बढ्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछ ।
कन्या – काममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ ।
तुला – आजमहत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । आरोग्य वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
वृश्चिक – आजको दिन शुभकारी देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।
धनु – मनोकुलको काममा सफलता मिल्ने योग छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ, तापनि केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । आजकोे दिन ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।
कुम्भ – बिनाकारण आज काम बिग्रने डरले सताउन सक्छ । थिचोमिचो गर्नेहरूले पनि सास्ती दिन सक्छन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ। विशेष सभा(समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने दुःख पाइनेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला ।
















































