Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ जेठ २०७९ बिहीबार, २६ मे २०२२)

Author Avatar साझा न्यूज 26th May 2022 , 9:16 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार
■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ १२ गते बिहीबार तद्अनुसार सन् २०२२ मे २६ तारिख ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि रेवती नक्षत्र आयुष्मान योग कौलव करण आनन्दादिमा मीत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५१ मा हुनेछ । अपराध एकादशी व्रत ।

आजको राशिफल

मेष – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम दोहोऱ्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । आरोग्य वृद्धि हुनेछ । यश वर्चश्व वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – सफलता अवश्यमेव प्राप्त हुनेछ । आशा उत्साह थपिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउन सक्छ तर बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । सन्तानसुख मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्तिको योग छ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – समय शुभफलदायक नै रहनेछ । आरोग्य वृद्धि हुनेछ । नजिकका साथीभाइले धोका दिए पनि नयाँ मित्रजनले साथ देलान् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न कठिनाइ पर्ला । जिम्मेवारी भने बढिरहनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । नयाँ सम्भावना देखापर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन अहिलक सावधानीका साथ काम गर्नुहोला । लेनदेनमा विवाद हुन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । समयमा होश नपुग्नाले खर्च बढाउन सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – भागदौड बढ्नेछ भने रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । ऋण, रोग र शत्रुमाथि विशेष ध्यान दिनपर्ला । जोखिममा नपर्नु हितकर हुनेछ । कठोर परिश्रमले काम बन्नेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम पनि बन्नेछ । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ । रतिरागमा आकर्षण बढ्नेछ । दाम्पत्य सुख वृद्धि होला । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – पराक्रम बढ्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले भने सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ, तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । आज बहस र विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । विलासमा आकर्षण रहला ।

धनु – ब्यस्तता बढ्ने छ । केही समस्या निम्तिए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् ।रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । रकमको कारोबार हुने देखिन्छ तर व्यावसायिक काममा त्यत्ति फाइदा नहोला । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । मान प्रसंशा बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – आरोग्यता र सुख-शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आज अप्रिय समाचार सुन्न पनि सकिएला जसले मन खिन्न तुल्याउनेछ । रसरागमा रुचि बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज