Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल १७ जेठ २०७९ मंगलबार


आजको पञ्चाङ्ग एवम् राशिफल २५ चैत २०७८ शुक्रबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ १७ गते मंगलबार तद्अनुसार सन् २०२२ मे ३१ तारिख ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि रोहिणी नक्षत्र ९ः१२ पर मृगशिरा नक्षत्र धृति योग बालव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ मा हुनेछ । दशहरा स्नान आरम्भ, गोसाइँकुण्ड स्नान आरम्भ, धुम्रपानरहित दिवस ।

आजको राशिफल

मेष – आज सानो उपलब्धिका लागि पनि धेरै मिहेनत गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले जोस(जाँगरमा कमी आउनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट भने प्रशस्त लाभ होला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

वृष – सत्रुका कारण केही चुनौती आइपरे पनि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । आरोग्यता बढ्नेछ । रसरागमा मन जानेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – समय मिश्रित फलदायक छ । प्रेममा आकर्षण बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । सहयोगीहरुले राम्रै साथ दिनेछन् । धनसम्पत्तिको आवागमन भैरहने छ । व्यस्तता पनि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

कर्कट – बोलीको प्रभाव बढ्ला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तानका माध्यमबाट काम बन्नेछ । व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख समृद्धि बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर हुनेछ ।

सिंह – ग्रहगोचर शुभ फलदायक रहला । सुख, आरोग्यता र सौभाग्य बढ्ला । पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कन्या – मान महत्व बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै मनग्य धन आर्जन हुने योग छ । तर सरसापटमा धन खर्च हुने वा सञ्चय नहुन सक्छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – रसरागमा रुचि बढ्नेछ । सुख आनन्द प्राप्त होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । सन्तानको साथ मिल्नेछ । भाग्यबर्द्धक काम बन्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ ।

वृश्चिक – स्वादिष्ट भोजनको आनन्द पाइएला । रसरागमा आकर्षण बढ्ला । आज अरुमाथि भर पर्नु उचित हुनेछैन । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ ।

धनु – आज खर्चको मात्रा बढ्ने देखिन्छ, फजुल खर्च नियन्त्रणमा लाग्नु बेस होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । लेखन। प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।

मकर – शत्रुलाई जित्ने क्षमता बढ्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मीन – खेलकुद, भ्रमण तथा रसरागमा रुचि बढ्ला । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । यसप्रति सजग रहनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि