आजको पञ्चाङ्ग
श्रीशाके १९४४नेपाल सं.११४२नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं.२०७९ज्येष्ठ२६गते तद्अनुसार सन्२०२२जुन९तारीख विहीबार ज्येष्ठ शुक्लपक्षको दशमी तिथि हस्ता नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान५÷१०मा भयो र सूर्यास्त सांझ१८÷५७बजेमा हुनेछ ।
आजको राशिफल
मेष – भलो नचिताउनेहरू सक्रिय रहन सक्छन्, सचेत रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम भने प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । आरोग्यता बढ्नेछ । मित्रभाव वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । मिठो भोजन प्राप्त होला ।
वृष – मनमा प्रेमभाव पैदा हुनुका साथै रसरागमा आकर्षण बढ्नेछ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ तर विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – लाभकारी कार्यमा व्यस्तता बढ्नेछ । आजको दिन एउटै कामबाट दोहोरो फाइदा हुने योग छ । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिने प्रयास गर्नुहोला ।
कर्कट – उपयोग गर्न सके समय राम्रो छ । रसरागमा आकर्षण बढ्नेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा चाहिँ धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।
सिंह – समय सङ्घर्षपूर्ण रहला । सामान्य कार्य सम्पन्न गर्न पनि कडा मिहेनत गर्नुपर्ने हुन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । मिठो भोजन मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – आरोग्यताका साथै आँट उत्साह बढ्नेछ । तर प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्स्दिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – भागदौड बढ्नेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान र विद्या प्राप्त हुने समय छ। साहसिक काम बन्ने र धनलाभको योग छ । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय हासिल होला ।
धनु – नसोचेको ठाउँमा धन खर्च हुन सक्छ । जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । प्रेमप्रस्ताव आउन सक्छ । कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।
कुम्भ – आश मारेको काम आज सफल हुन सक्छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































