आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ ४ गते शनिबार तद्अनुसार सन् २०२२ जुन १८ तारिख आषाढ कृष्ण पक्षको चतुर्थी तिथि ८ः३ पर पञ्चमी तिथि श्रवण नक्षत्र वैधृति योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः१० बजे भयो र सूर्यास्त साँझ १९ः०० बजेमा हुनेछ ।
आजको राशिफल
मेष – समय मिश्रित खालको छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । कर्मबल बढ्नेछ । धनको आगमन भैरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – आजको दिन ग्रहको प्रभाव नकारात्मक रहेको अनुभूति होला । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । बोली र व्यक्तित्वको प्रभाव रहला ।
मिथुन – दौडधुप बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । पारिवारिक समस्याहरू देखापर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मानसम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।
कर्कट – साझेदारीको काम बन्नेछ । आशा उत्साह बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।
सिंह – आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । समाजसेवा र परोपकारका कार्य गरिने योग छ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना पनि छ। अनुकूल स्थानान्तरणको पनि योग छ। आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।
कन्या – प्रेमबल बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काममा सफलता मिल्ने भए पनि झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवास हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । तथापि कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । साझेदारीको कार्य बन्नेछ । विलासमा मन जाला । आशा उत्साह थपिनेछ ।
तुला – पराक्रम र मान महत्व बढ्नेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर–जग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।
वृश्चिक – समय राम्रो छ । प्रेमपथमा प्रगति होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । व्यापार(व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले भने सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । सोचने शक्ति बढने छ । कुराकाटनेहरु प्रशंसा गर्न थालने छन् । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ ।
धनु – आरोग्यता बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि(विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ ।
मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । यससँगै अनेक चुनौती सामना गर्नुपर्ला । तर आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । सन्तति सुख बढ्ला ।
















































