Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१० असार २०७९ शुक्रबार, २४ जुन २०२२)

Author Avatar साझा न्यूज 24th June 2022 , 6:42 AM
आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार
आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ १० गते शुक्रबार तद्अनुसार सन् २०२२ जुन २४ तारिख आषाढ कृष्ण पक्षको एकादशी तिथि अश्विनी नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा वज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । योगिनी एकादशी व्रत ।

आजको राशिफल

मेष – खदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तर, परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला । साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ । अरुको भर पर्दा काम बिग्रन सक्छ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। रसरागमा आकर्षण बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख, समृद्धि बढ्नेछन् । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज दौडधुप बढे पनि आश मारेको काम बन्ने योग छ । समस्याको समाधान प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । घरमा सुख(समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।

मिथुन – अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिन सक्छन्, तर टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला । रोकिएका काम बिस्तारै अघि बढ्लान् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ ।

कर्कट – कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला । तरअविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् । खराब आचरण भएकाहरू नजिकिन सक्छन्। आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ। तर, लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। सौभाग्य बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद तथा भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना पनि छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – सन्तानसुख मिल्नेछ । कर्म बल बढ्नेछ । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । विवादमा नपर्नु हीतकर होला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार(व्यवसायमा सामान्य फाइदा हुनेछ । लगानी वृद्धि हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । स्वास्थ्य कमजोर रहन सक्छ । खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान(सम्मान र पद(प्रतिष्ठा पाइने समय छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । विवादमा नपर्नु बेस होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । विभिन्न अवसरले पछ्याउने योग छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गरे अझ बढी लाभ होला ।

कुम्भ – प्रयासरत काम बन्नेछ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ । उद्योग(धन्दामा राम्रै सफलता हात पार्न सकिनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । मन प्रशन्न रहनेछ । रसरागमा रुचि बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज