Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ असार २०७९ बिहीबार, ३० जुन २०२२)


आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ आषाढ १६ गते तद्अनुसार सन् २०२२ जुन ३० तारिख बिहीबार आषाढ शुक्ल पक्षको प्रतिपदा तिथि ९ः६ पर द्वितीया तिथि पुनर्वसु नक्षत्र ध्रुव योग बालव करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मिथुन राशिमा १७ः२८ बजेसम्म त्यसपछि कर्कट राशीमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य कमजोर बन्ने देखिन्छ, खानपानमा सचेतना अपनाउनु पर्ला । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, तापनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । भातृ–सहयोग प्राप्त हुनेछ । पराक्रम बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

वृष – रसरागमा आकर्षण बढ्नेछ तर प्रेम प्रङ्सङ्गलाई संयमताको दायरामा बाँध्नु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ मनोकूलको काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन – शुभता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । तथापि हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । यात्रामा सफलता प्राप्त हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । समयबाट बढी भन्दा बढी फाइदा लिने प्रयास गर्नुहोला ।

कर्कट – अनावश्यक यात्रा र अनावश्यक खर्चमा नपर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – लाभ हुने दिन छ । आरोग्य वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । लगानी उठ्ला । आरोग्यता वृद्धि होला । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – सुख सौभाग्य वृद्धि भए पनि लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । आँट उत्साह बढ्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दौडधुप बढे पनि साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । पति र पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी सफलता दिलाउन सक्छ । वार्तामा सफलता प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – सुख सफलता बढ्नेछ । आयस्रोतमा बढोत्तरी होला । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । तथापि धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नु हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र बिबादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकिय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ भने सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आज प्रशस्त धन आर्जन हुने समय छ । तर काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ भने आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । जोखिममा नपर्नु नै बेस होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान सुरु

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

चैतेदशैँका लागि त्रिशूली देवी मन्दिर खुल्यो

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

एक महिना भित्र पशुपति संग्रहालय सञ्चालनमा ल्याउन निर्देशन

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि