Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (३ असार २०७९ मंगलबार, १९ जुलाई २०२२)


आजको पञ्चाङ्ग एवम् राशिफल २१ जेठ २०७९ शनिबार

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ वर्षा ऋतु वि.सं. २०७९ श्रावण ३ गते मंगलबार तद्अनुसार सन् २०२२ जुलाइ १९ तारिख श्रावण कृष्ण पक्षको षष्ठी तिथि उत्तराभाद्रपद नक्षत्र अतिगण्ड योग भद्रा करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:२१ बजेमा भयो र सूर्यास्त साँझ १८:५८ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आज बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग छ । सन्तानको सुख प्राप्त हुनेछ । प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – मनोकूलको काम बन्ने र इष्टमित्र तथा सन्तानको सुख प्राप्त हुने दिन छ । आरोग्यता पनि बढ्ला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग नजिकिन सक्छन् । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आशा उत्साह बढ्ने र नयाँ सम्भावना देखापर्ने योग भए पनि काममा बलजफ्ती गर्दा कार्य बिग्रन सक्छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आज अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । सोचीविचारी काम गर्नु हितकर हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह – रसरागमा आकर्षण बढ्ने र प्रेमबल बढ्ने दिन छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिने छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आज रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । दाम्पत्यसुख बढ्ला । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । आरोग्यता अभिवृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ ।

तुला – प्रेमभाव वृद्धि हुने र धनबल बढ्ने योग भए पनि प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । आफ्ना योजनाप्रति गोपनीयतामा ध्यान दिनुहोला । आज आफ्ना नातेदारहरुसँँग झैझगडा पर्न सक्छ, आर्थिक समस्या पनि पर्न सक्छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यस्तता बढ्ने र गरिरहेको काममा केही समस्य आइपरे पनि काममा सफलता पाउनुहुनेछ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मानसम्मान पाइनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीत–संगीतमा पनि आकर्षण बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – सम्पत्ति वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ, तर मित्रजनको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।

मकर – समृद्धि र पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन आरोग्य वृद्धि हुन र काममा सफलता मिल्ने योग छ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – लगानी वृद्धि हुने र प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । सुख-सुविधा बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

रातो मच्छिन्द्रनाथको भोटो जावलाखेलमा देखाइयो

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

गाई संरक्षणबाट धार्मिक पर्यटनको प्रवर्द्धन

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

मुगुको व्यथा : पुस्तौंदेखि दियालोकै भर

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

भक्तपुरको बिस्का : यस्ता छन् जात्राभित्रका जात्रा

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०७९ शुक्रबार, ७ अप्रिल २०२३)

भर्खरै प्रकाशित

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

वित्तीय साक्षरता कक्षाको अनुगमन

वित्तीय साक्षरता कक्षाको अनुगमन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि