Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (६ भदौ २०७९ सोमबार, २२ अगस्ट २०२२)

Author Avatar साझा न्यूज 22nd August 2022 , 8:08 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०७९ बिहीबार, ४ अगस्ट २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर वर्षा ऋतु वि.सं. २०७९ भाद्रपद ६ गते तद्अनुसार सन् २०२२ अगस्त २२ तारिख सोमबार भाद्र कृष्ण पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र ९ः१९ पर आर्द्रा नक्षत्र वज्र योग बब करण आनन्दादिमा आनन्द योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ ।

आजको राशिफल

मेष – शुभ समाचार प्राप्त हुनेछ । काममा सफलता प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । स्वास्थ्य सवल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने योग भने छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आजको दिन मान-महत्व बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा भने कमी आउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । मनोकुलको काममा सफलता प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आरोग्यता र शुभता बढ्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – लगानी र कार्यगतिका साथै पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – प्रेमभाव बढ्नेछ । आशा उत्साह वृद्धि होला । कर्ममा रुचि बढ्ला । उच्चधिकारीको साथ रहनेछ । टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आज इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानीको बाटो बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – बढी प्रयत्नले मनोकूलको काम हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – ब्यस्तता बढ्नेछ भने कार्यमा सफलता प्राप्त हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

धनु – भाग्योन्नतिको समय छ । परिवारिक सुख प्राप्त हुनेछ । कार्यक्षमता वृद्धि हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने योग रहे पनि कर्ममा आलस्य जाग्न सक्छ । खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । यसका बाबजुद बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । परिवारिक सुख पनि बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफ्नै कमजोरीले विवादमा परिने योग पनि देखिन्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता बढ्ने र सुख वृद्धि हुने दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । यश वर्चश्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज