Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुका सकर विराट गोल्डकपको फाइनलमा

Author Avatar साझा न्यूज 29th March 2023 , 11:26 AM
लुका सकर विराट गोल्डकपको फाइनलमा

काठमाडौं, चैत १५ गते । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।

विराटनगरको शहीद रंगशालामा मंगलबार राति भएको दोस्रो सेमिफाइनल खेलमा लुकाले डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हरायो ।

निर्धारित र अतिरिक्त समयमा दुवै पक्षबाट कुनै पनि गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलरक्षक सनफिर नायक बन्नुभयो ।

उहाँले म्यान अफ दि म्याच घोषित हुँदै ११ हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो । पेनाल्टीमा उहाँले एपीएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोक्नुभएको थियो ।

यस्तै एपीएफका गोलकिपर राजु नगरकोटी आफैले प्रहार गरेको पेनाल्टी बारमा लागेर बाहिरिए पछि लुकालाई खेल जित्न सहज भयो ।

एपीएफका दीपेश धीमाल र सविन गुरुङले मात्र गोल गर्नुभएको थियो ।  लुकाका लागि चाल्स, मोहम्मद रफी, मोहम्मद असद र पउलले गोल गर्नुभएको थियो ।

क्यामुदिनको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउनु भएको थियो । उपाधिका लागि लुका सकरले  घरेलु टोली विराटनगरसँग बिहीबार खेल्नेछ ।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपियाँ र उपविजेता हुने टिमले १० लाख २५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज