Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त


भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

नेपालगञ्ज, चैत १५ गते । पश्चिम नेपालका तीन प्रदेशका विरामीका लाग रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।

सो स्विकृति प्राप्त भएसंगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डा. बद्री चापागार्इंले बताउनुभयो । उहाँका अनुसार संघीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुन पाएका थिएनन् ।

यो स्विकृतिपछि वीर अस्पतालमा एमडी÷एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने डा. चापागाईंले बताउनुभयो ।

भेरी अस्पतालको मातहतमा उनीहरुले एमडी÷एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उहाँले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने  दावी गर्नुभयो ।

एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवं अनुसन्धानका गतिविधिहरु बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।

न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका प्रमुख डा. चापागाईंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउनुभएको थियो ।

त्यसको करिव तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पताललाई स्वीकृति दिएको डा. रिसालले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा केही समय अघिकेही विषयहरुमा एमडी/एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिए पनि त्यो नियमित हुन सकेको थिएन ।

कोभिड महामारीपछि सो अस्पतालले आफ्नो सेवा प्रवाहलाई निरन्तर गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ ।

पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

बाल कक्षा व्यवस्थापनमा तीव्रता

बाल कक्षा व्यवस्थापनमा तीव्रता

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि