Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

Author Avatar साझा न्यूज 29th March 2023 , 2:56 PM
भेरी अस्पतालमा एमडी र एमएसको पढाई गर्ने अनुमति प्राप्त

नेपालगञ्ज, चैत १५ गते । पश्चिम नेपालका तीन प्रदेशका विरामीका लाग रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत प्राप्त भएको छ ।

सो स्विकृति प्राप्त भएसंगै अब भेरी अस्पतालमा एमडी र एमएसको पढाई हुने अस्पतालका प्रमुख डा. बद्री चापागार्इंले बताउनुभयो । उहाँका अनुसार संघीय अस्पताल भए पनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु सञ्चालन हुन पाएका थिएनन् ।

यो स्विकृतिपछि वीर अस्पतालमा एमडी÷एमएस अध्ययनका लागि विद्यार्थी भर्ना भए पनि अध्ययन भने उनीहरुले भेरी अस्पतालमा गर्ने डा. चापागाईंले बताउनुभयो ।

भेरी अस्पतालको मातहतमा उनीहरुले एमडी÷एमएसको अध्ययन पूरा गर्ने जनाउँदै उहाँले यसबाट भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने  दावी गर्नुभयो ।

एमडी डाक्टरले बिरामीलाई गुणस्तरीय सेवा दिने भएपछि शैक्षिक एवं अनुसन्धानका गतिविधिहरु बढ्ने भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताउनुभयो ।

न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि सञ्चालनका लागि गत फागुन २२ गते भेरी अस्पतालका प्रमुख डा. चापागाईंले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउनुभएको थियो ।

त्यसको करिव तीन सातापछि सरकारले शैक्षिक गतिविधि सञ्चालनका लागि भेरी अस्पताललाई स्वीकृति दिएको डा. रिसालले जानकारी दिनुभयो ।

भेरी अस्पतालमा केही समय अघिकेही विषयहरुमा एमडी/एमएस कार्यक्रम अन्तर्गत रेजिडेन्टहरुको पोष्टिङ गरिए पनि त्यो नियमित हुन सकेको थिएन ।

कोभिड महामारीपछि सो अस्पतालले आफ्नो सेवा प्रवाहलाई निरन्तर गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ ।

पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज