Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

Author Avatar साझा न्यूज 29th March 2023 , 3:26 PM
अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

दमक, चैत १५ गते । झापाको सिमा क्षेत्र तथा दक्षिण बिभिन्न पालिकाहरुमा अबैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरु बन्द गर्न माग गरिएको छ । भ्रामक प्रचारप्रसार गरेर विरामीमाथि ठगी गरिरहेको र बैधानिक रुपमा खुलेको आयुर्वेद उपचार केन्द्र धराशयी बनेको भन्दै सो माग गरिएको हो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई लिखित रुपमा भारतीयहरु आएर अबैध रुपमा आयुर्वेद उपचार केन्द्र सञ्चालन गरेको, दीर्घकालिन रोगहरु चाँडो निको हुने भन्दै बिभिन्न औषधिहरु बेच्दै हिडेको भन्दै रोक्न माग गरेको छ ।

मानिसलाई स्वस्थ राख्न, स्वस्थ जीवनशैली यापन गर्न, स्वास्थ्य प्रवर्धन गर्न, नसर्ने रोगहरुको व्यवस्थापन तथा दीर्घकालिन रोगहरुको निर्मूलमा संसारकै सबैभन्दा पुरानो र नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको योगदान रहेको जनाउँदै यसको फाइदा उठाउँदै अवैध काम भइरहेकाले रोक्न माग गरेका हौं, नेपाल स्थ्यकर्मी समाज झापाका अध्यक्ष गोपाल सुवेदीले बताउनुभयो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै   जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्नेगरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने कानुनी ब्यवस्थाको कार्यन्वयन गर्न माग अघि सारिएको छ ।

भारतबाट आएर झापाको विभिन्न ठाउँमा तथा भारतीय सीमासँग पूर्वीय र दक्षिणी भुभागको खुला सीमा रहेकोमा सोको फाईदा उठाएर आयुर्वेदको नाममा खुलेआम भारतीय सीमामा अबैधानिक रुपमा खोलिएका विभिन्न नाम गरेको आयुर्वेद उपचार केन्द्रमा ग्यारेन्टीका साथ उपचार निको नभए पैसा फिर्ता भनि जताततै प्रचार गरिएको छ, उहाँले भन्नुभयो ।

भ्रामक प्रचार प्रसार तथा अबैध औषधिको खुलेआम बेचविखनको कारण झापामा लाखौं रकम लगानी गरेर नेपाल सरकारको स्विकृती लिई सञ्चालनमा रहेका आयुर्वेद अस्पताल, क्लिनिक सेन्टर, आयुर्वेद औषधिका खुद्रा तथा थोक ब्यवसायीहरु धरासायी बनेको र लगानी डुब्ने अवस्थामा रहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ झापाकी अध्यक्ष नर्वदा भट्टराईले बताउनुभयो ।

भारतबाट नेपालमा आई विनादर्ता खोलिएका र भारतीय सिमामा खोलिएका अवैध उपचार केन्द्रको नाममा नेपालको सीमाभित्र भित्तामा टाँसिने ग्यारेन्टीसहितका भ्रामक पम्प्लेट, पर्चालगायतका सामग्री नेपालमा प्रतिवन्ध लागाउन, खुलेआम रुपमा अबैध आयुर्वेदिक औषधीहरु झोलामा बेचविखन गर्ने समुह तथा व्यक्तिहरुलाई कानुन बमोजिम कार्बाहीको दायरामा ल्याउन माग गरिएको भट्टराईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई हजार २५१ किशोरीलाई एचपिभी खोप लगाइँदै

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

गुल्मीमा एक वर्षमै ४१ हजारभन्दा बढीको आँखा परीक्षण

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलवस्तुमा निःशुल्क आँखा जाँच शिविर: ९० बढी नागरिकले लिए सेवा

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज