Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग


अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग

दमक, चैत १५ गते । झापाको सिमा क्षेत्र तथा दक्षिण बिभिन्न पालिकाहरुमा अबैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरु बन्द गर्न माग गरिएको छ । भ्रामक प्रचारप्रसार गरेर विरामीमाथि ठगी गरिरहेको र बैधानिक रुपमा खुलेको आयुर्वेद उपचार केन्द्र धराशयी बनेको भन्दै सो माग गरिएको हो ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि व्यवसायी संघ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई लिखित रुपमा भारतीयहरु आएर अबैध रुपमा आयुर्वेद उपचार केन्द्र सञ्चालन गरेको, दीर्घकालिन रोगहरु चाँडो निको हुने भन्दै बिभिन्न औषधिहरु बेच्दै हिडेको भन्दै रोक्न माग गरेको छ ।

मानिसलाई स्वस्थ राख्न, स्वस्थ जीवनशैली यापन गर्न, स्वास्थ्य प्रवर्धन गर्न, नसर्ने रोगहरुको व्यवस्थापन तथा दीर्घकालिन रोगहरुको निर्मूलमा संसारकै सबैभन्दा पुरानो र नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको योगदान रहेको जनाउँदै यसको फाइदा उठाउँदै अवैध काम भइरहेकाले रोक्न माग गरेका हौं, नेपाल स्थ्यकर्मी समाज झापाका अध्यक्ष गोपाल सुवेदीले बताउनुभयो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै   जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्नेगरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन भन्ने कानुनी ब्यवस्थाको कार्यन्वयन गर्न माग अघि सारिएको छ ।

भारतबाट आएर झापाको विभिन्न ठाउँमा तथा भारतीय सीमासँग पूर्वीय र दक्षिणी भुभागको खुला सीमा रहेकोमा सोको फाईदा उठाएर आयुर्वेदको नाममा खुलेआम भारतीय सीमामा अबैधानिक रुपमा खोलिएका विभिन्न नाम गरेको आयुर्वेद उपचार केन्द्रमा ग्यारेन्टीका साथ उपचार निको नभए पैसा फिर्ता भनि जताततै प्रचार गरिएको छ, उहाँले भन्नुभयो ।

भ्रामक प्रचार प्रसार तथा अबैध औषधिको खुलेआम बेचविखनको कारण झापामा लाखौं रकम लगानी गरेर नेपाल सरकारको स्विकृती लिई सञ्चालनमा रहेका आयुर्वेद अस्पताल, क्लिनिक सेन्टर, आयुर्वेद औषधिका खुद्रा तथा थोक ब्यवसायीहरु धरासायी बनेको र लगानी डुब्ने अवस्थामा रहेको नेपाल आयुर्वेद औषधि व्यवसायी संघ झापाकी अध्यक्ष नर्वदा भट्टराईले बताउनुभयो ।

भारतबाट नेपालमा आई विनादर्ता खोलिएका र भारतीय सिमामा खोलिएका अवैध उपचार केन्द्रको नाममा नेपालको सीमाभित्र भित्तामा टाँसिने ग्यारेन्टीसहितका भ्रामक पम्प्लेट, पर्चालगायतका सामग्री नेपालमा प्रतिवन्ध लागाउन, खुलेआम रुपमा अबैध आयुर्वेदिक औषधीहरु झोलामा बेचविखन गर्ने समुह तथा व्यक्तिहरुलाई कानुन बमोजिम कार्बाहीको दायरामा ल्याउन माग गरिएको भट्टराईको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

बाल कक्षा व्यवस्थापनमा तीव्रता

बाल कक्षा व्यवस्थापनमा तीव्रता

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

शैक्षिक तथा खेलकुद सामाग्री वितरण

भर्खरै प्रकाशित

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

दमकल कर्मचारीलाई कुटपिट गर्ने ३ जना युवा पक्राउ

व्यावसायिक ड्रागन फ्रुट खेती

व्यावसायिक ड्रागन फ्रुट खेती

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

रारामा म्याराथन प्रतियोगिता हुने

रारामा म्याराथन प्रतियोगिता हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि