Sajhanews
No Result
View All Result
Epaper
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित


एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

ताप्लेजुङ, चैत १७ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन शुक्रबारको परीक्षा ताप्लेजुङमा शान्तिपूर्ण वातावारणमा सम्पन्न भएको छ । जिल्लाभरका परीक्षा केन्द्रमा निर्धारित समयमा परीक्षा सुरु भएर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका अनुसार एसईई परीक्षा सञ्चालनका लागि १६ वटा केन्द्र तोकिएका छन् । परीक्षा सञ्चालनका लागि निर्धारण भएका १६ वटै केन्द्रमा पहिलो दिनको परीक्षा मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

यसबाहेक पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको र ४९ जना परीक्षार्थी (विद्यार्थी) भने अनुपस्थित भएका भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्ला भरका परीक्षा केन्द्रमा दुईहजार १२१ जना परीक्षार्थी सहभागी हुनुपर्नेमा दुई हजार ७४ जनाले मात्र परीक्षामा सहभागिता जनाएका छन् ।

पहिलो दिन ग्रेटवृद्धिका मात्र नभई नियमिततर्फका परीक्षार्थीसमेत अनुपस्थित भएको पाइएको उहाँले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ताप्लेजुङमा यस वर्षको एसईईमा नियमिततर्फका एक हजार ९५२ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेडवृद्धितर्फ ६६ र प्राविधिक धारतर्फका १०३ जना परीक्षार्थी छन् ।

पहिलो दिन अनुपस्थित रहेकामध्ये नियमित, ग्रेडवृद्धि र अन्य तर्फका के–कति सङ्ख्या हो भन्ने खुलिनसकेको इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धर्म भक्तमा सरस्वती मन्दिरको शिलान्यास

धर्म भक्तमा सरस्वती मन्दिरको शिलान्यास

विद्यार्थी खोज्न घरदैलो अभियान

गर्मी बढे पछि कपिलवस्तुका दुई पालिकाका बिद्यालयमा बिदा

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

छात्रालाई विद्यालयमा टिकाउन दुई सय ८० वटा साइकल वितरण

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

No Result
View All Result