Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिलो दिनको एसइई शान्तिपूर्ण, बारामा एक छात्राको परीक्षा रद्द


पहिलो दिनको एसइई शान्तिपूर्ण, बारामा एक छात्राको परीक्षा रद्द

भक्तपुर, चैत १७ गते । आज (शुक्रबार) बिहान ८ बजेबाट सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) देशभर शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । पहिलो दिन ७७ जिल्लाका दुई हजार ३६ र जापानमा रहेको एक परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बाराको एक परीक्षा केन्द्रमा भने प्रश्नपत्र बाहिर ल्याउन खोज्ने एक छात्राको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिन नपाउँदै नियन्त्रणमा लिएकाले अन्य परीक्षा भने रद्द गर्नु नपरेको र अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष परीक्षामा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक किरियापुत्रीले परीक्षा दिएका छन् । जनता मावि मध्यविन्दु नगरपालिका–६ मा अध्ययनरत किरियापुत्री रामबहादुर थारूले एसइई परीक्षा दिनुभएको हो ।

यस वर्ष देशभरबाट ५५ न्यून दृष्टि भएका विद्यार्थी एसइईमा सहभागी भएका छन् । उनीहरुलाई कार्यालयले नजिकको परीक्षा केन्द्रको उपकेन्द्र बनाएर सम्बन्धित विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसैगरी विभिन्न कारणले कारागार तथा बाल सुधारगृहमा रहेका विद्यार्थीले पनि यथास्थानबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस वर्ष परीक्षामा कूल चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी भएका छन् ।

त्यस्तै, जापानमा रहेका १४ नेपाली विद्यार्थी सहभागी भएका छन् । देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन भएका छन् । यस वर्षको परीक्षाका लागि ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । परीक्षा चैत २९ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

धर्म भक्तमा सरस्वती मन्दिरको शिलान्यास

धर्म भक्तमा सरस्वती मन्दिरको शिलान्यास

विद्यार्थी खोज्न घरदैलो अभियान

गर्मी बढे पछि कपिलवस्तुका दुई पालिकाका बिद्यालयमा बिदा

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

शिक्षा क्षेत्रमा लगानी बढाउन माग

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

भर्खरै प्रकाशित

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

निर्वाचन कार्यालय खारेज नगर्न सत्तारूढसहित १२ दल एकमत

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को महँगी

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

काठमाडौंमा थप ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि