Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पालिकाका पदाधिकारीले पदीय विद्वान बन्न छोड्नुपर्छ

Author Avatar साझा न्यूज 10th April 2023 , 4:52 PM
सुशासन र बिकासको अनुभुति आम जनतालाई कहिले ?

दिनेश रायमाझी
रोम एकैदिनमा बनेको शहर होइन । अरु सहर पनि एकैदिनमा बनेका होइनन् । एक पटकमा एउटा मात्र बनाउन सकिन्छ । एकै पटकमा चारवटा त कुरै भएन, दुईवटा न्युयोर्क पनि बनाउन सकिन्न । एक पटकमा एउटा न्युयोर्क बनाउन सकिन्छ र बनाउने पनि एउटा हो । स्थानीय सरकारले पनि एक पटकमा आफ्नो क्षेत्रको सर्वाङ्गिण बिकास एकै पटकमा गर्न सक्दैन । यस्तो गर्नु संभव पनि छैन । एक पटकमा एउटा क्षेत्र राम्रो बनाउने हो र अन्य क्षेत्रमा मौजुदा अवस्थालाई खस्किन नदिने र सकेसम्मको सुधार तथा व्यवस्थापन गरेर अघि बढ्ने हो । आफ्नो जिम्मेवारीमा रहेको क्षेत्रमा बनाउनुुु पर्ने मुख्य कुरा के हो भनेर निर्धारण गर्ने र त्यसलाई बनाउन चाहिने साधन, स्रोत, सहयोग र समर्थन लिने काम भने स्थानीय सरकार प्रमुखको हो ।
स्थानीय तहले दुई तरिकाले काम गर्नुपर्छ । हामीले भन्ने गरेका छौं घरघरमा सिंहदरबार । यो भनेको सुशासन, पारदर्शिता र जिम्मेवारी हो । जनताको दैनिकीसंग सरोकार राख्ने घरघरमा सिंहदरबार कन्सेप्टले जनताको कामलाई सहजिकरण गर्ने, छिटोभन्दा छिटो काम बन्ने र त्यो सबैले छर्लङ्गसंग बुझिने कुरालाई आत्म सात गरेको छ । जनताको काम भनेको कुनै पनि कुरामा सिफारिस चाहिएमा त्यो प्राप्त गर्ने, नागरिकता बनाउने, जग्गा जमिन खरिद बिक्री गर्ने, लालपुर्जा बनाउने, बिजुलीको मिटर लिने, मल पाउने, जग्गा नापी गराउने, घरको नक्सा बनाउने तथा पास गराउने, आफुले सञ्चालन गरेको ब्यवशाय नविकरण तथा कर तिर्ने आदि आदि हुन् । यसको अलावा बिरामी पर्दा अस्पताल गएर उपचार गराउन, आवश्यक पर्दा एम्बुलेन्सको प्रयोग गर्न सजिलोसँग पाउने अवस्था हुनु पनि हो । यी कामहरु जनताले बिना झन्झट बेहोरी सम्पन्न हुनुपर्छ ।
यस्ता कामहरु गराउन जनताले पैसा खर्च गर्नुपर्ने अवस्था आउनु हुन्न । यस्तो अवस्था बनाउन स्थानीय सरकारलाई खासै समस्या देखिन्न । यसको निम्ति चाहिने भनेको केवल व्यवस्थापन मात्रै हो । मालपोतमा, नापीमा, पासपोर्ट बनाउने काममा बिचौलियाको अन्त्य गरिदिने हो भने जनताको पैसा खर्च हुने काम सकिन्छ । जनताले आफ्नो काम त्यो पनि सरकारी निकायबाट गराउन बिचौलिया र दलाललाई पैसा तिरेर गराउनु पर्ने कुरा विडम्बना पूर्ण नै मान्नुपर्छ । कहिँ नभएको जात्रा हाँडिगाउँमा भनेको यस्तैलाई हो । स्थानीय सरकार प्रमुखले पहलकदमी लिएर अलि ढृढताका साथ लाग्ने हो भने गर्न नसकिने केही छैन । उदाहरणका लागि, बिजुलीको मिटर जोड्ने काम बिजुली बिभागको हो जुन लाग्ने दस्तुर तिरेपछि जोडिनु पर्छ । तर अतिरिक्त पैसा नतिरेसम्म त्यो मिटर जोडिन्न । यस्ता धेरै समस्याहरु छन् जसले घरघरमा सिंहदरबार आउन दिइरहेको छैन । नगर वा गाउँ पालिका प्रमुखहरुले कस्सिने हो भने सिंहदरबारलाई घरमा नभए पनि आफ्नो कार्यालय सम्म ल्याउन त कसैले रोक्न सक्दैन । कुरा केवल भिजन, चाहाना र इच्छा शक्तिको हो । यस बारेमा यत्तिनै ।
अर्को भनेको भौतिक तथा आर्थिक निर्माण र बिकास कसरी गर्ने भन्ने हो । यसका लागि पहिलो काम भनेको कस्तो भौतिक संरचना केका लागि निर्माण गर्ने र कस्तो बिकास गर्ने हो भन्ने हो । मेयर, अध्यक्ष, वडाध्यक्षहरु धेरै जसो भन्दा पनि हुन्छ भौतिक तथा पुर्वाधार बिकास र निर्माण भनेको के हो भन्ने सामान्य ज्ञान पनि नभएकाहरु छन् । बिकास भनेको के हो र के के कामहरु गरेमा त्यो बिकास गरेको ठहरिन्छ साथै बिकासको मोडेल कस्तो हुनुपर्छ भन्ने ज्ञान पनि नभएका धेरै छन् । यो उनीहरुको कमजोरी होइन । समाजमा जेजस्ता मानिसहरु राजनीतिमा सक्रिय छन् तिनीहरु मध्येबाट छानिएका राम्रा मानिसहरु हुन् । उनीहरुमा भएको ज्ञान र शिक्षाको कमिलाई हामीले खिसिट्याउरी गरि राख्नु पर्दैन । तर आफ्नो यश प्रकारको कमिलाई उनीहरुले आत्मसात भने गर्नैपर्छ ।
स्थानीय पालिका प्रमुखहरुले यस प्रकारको काम गर्न आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउनु पर्छ । तर यस्तो ज्ञान अब कलेज गएर बढाउन संभव देखिन्न । अब यिनीहरूले आफ्नो ज्ञानको दायरा बढाउने भनेको बिषयगत बिज्ञहरुको राय सल्लाह लिएर हो । यसकारण यदि स्थानीय तहले साँच्चिकै बिकास निर्माण कार्यको थालनी गर्ने हो त्यहाँ बिज्ञ समूह बनाउनुपर्छ । आफुले गर्न चाहेको के हो अथवा आफ्नो पालिकालाई कस्तो र कसरी बिकासको पथमा अघि बढाउन सकिन्छ भन्ने कुरा ती बिज्ञ टोलीबाट लिनुपर्छ । कृषि, शिक्षा, स्वास्थ्य, बाटो, नहर, खानेपानी, खेलमैदान, उद्योग कलकारखाना र सहरीकरण, यी मध्ये मुख्य प्राथमिकता के हो छनौट गर्नुपर्छ ।
यसरी प्राथमिकता निर्धारण गरिसकेपछि त्यसलाई सम्पन्न गर्न के कस्ता र कति साधन स्रोतको जरुरी पर्छ र त्यो कसरी जुटाउने भन्ने योजना बनाउनुपर्छ । यसरी प्राथमिकता निर्धारण गरिसकेर त्यसलाई कार्यान्वयन गर्न लाग्ने आर्थिक, भौतिक साधन जुटाइसकेपछि निर्माण कार्यमा जुट्नुपर्छ । हाम्रा पालिका प्रमुखहरु आफ्ना समाचारहरु छपाउन प्रेस सल्लाहकार राख्छन् तर पालिकाको बिकास गर्न बिज्ञ सल्लाहकार राख्दैनन् । मेयर, अध्यक्ष वा अरु पदमा बिजयी भएपछि सबै कुरामा ज्ञान प्राप्त गरे जसरी विद्वता छाँट्ने पदिय विद्वानमा रुपान्तरण भएपछि बिकास निर्माणका काम पछाडि र गफ अगाडि हुनु स्वाभाविक हो ।
अन्त्यमा,
यदि घरघरमा सिंहदरबार ल्याउने र जनताको सेवा पनि गर्ने र पालिकाको बैज्ञानिक तरिकाले आजको समय सुहाउँदो बिकास गर्ने हो भने पालिका प्रमुख तथा वडाध्यक्षहरुले पदीय विद्वान बन्ने होइन कि बिषय बिज्ञहरुको राय सल्लाहमा ज्ञानको क्षितिज फराकिलो पार्दै काममा जुट्नुको विकल्प छैन । स्थानीय तहको बिकास निर्माणको काम गर्न सोँचे भन्दा धेरै सजिलो छ । यो विचार आईतबारको साझा न्यूज पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज