Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै

Author Avatar साझा न्यूज 11th April 2023 , 10:43 AM
विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्दै

काठमाडौं, चैत २८ । विश्वविद्यालयमा विद्यार्थी घटिरहेका छन्। विगतमा विद्यार्थीको अत्यधिक चाप हुने र भर्ना हुन चर्को प्रतिस्पर्धा हुने विषयमा समेत विद्यार्थीको विकर्षण देखिन थालेको छ।

काठमाडौँ विश्वविद्यालयमा कुल विद्यार्थी भर्ना क्षमताको ३० प्रतिशत कोटा रिक्त छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा भोला थापाले विद्यार्थीको आकर्षण बढाउन अनेक अभियान सञ्चालन गरिरहे पनि सफल नभएको बताए। काठमाडौँ विश्वविद्यालयमा सबैभन्दा धेरै विद्यार्थी कोटा स्कुल अफ आर्ट्स र स्कुल अफ मेडिसिनमा रिक्त छ। विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र एमफिल तथा पीएचडीसमेत गरेर दुई सयवटा कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्कुल अफ मेडिसिनअन्तर्गतको बीएनएस (केएमसी)मा कुल विद्यार्थी भर्ना कोटा ४० रहेकोमा नौ जना मात्रै भर्ना भएका छन्। त्यस्तै बीएस्सी नर्सिङ (एनएमसी)मा ४० जना विद्यार्थी भर्ना कोटा रहेकोमा १५ जना मात्रै भर्ना भएका छन्। स्कुल अफ नर्सिङअन्तर्गत ३७ वटा कार्यक्रम सञ्चालनमा छन्। तीमध्ये १८ वटा कार्यक्रममा मात्रै कोटाअनुसार विद्यार्थी भर्ना भएका छन्। त्यस्तै स्कुल अफ आटर्सअन्तर्गत १२ वटा शैक्षिक कार्यक्रम सञ्चालन रहेकोमा कुनैमा पनि कोटाअनुसार विद्यार्थी भर्ना भएका छैनन्।

स्कुल अफ एजुकेसनअन्तर्गत १९ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएकोमा आधाभन्दा बढीमा विद्यार्थी कोटा रिक्त छ। स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिसिन, स्कुल अफ म्यानेजमेन्टलगायतमा पनि कोटाअनुसार विद्यार्थी भर्ना नभएको उपकुलपति थापाले जानकारी दिनुभयो। हरेक वर्ष विद्यार्थी भर्ना क्षमताभन्दा निकै कम भर्ना हुन थालेपछि शैक्षिक कार्यक्रमलाई हटाउने विषयमा छलफल भइरहेको विश्वविद्यालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको अवस्था अझै नराम्रो छ। यहाँ पनि कुनै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना कोटा रिक्त छ। विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा शिवलाल भुसालका अनुसार त्रिविमा तीन सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

केहीमा बाहेक अधिकांश कार्यक्रममा विद्यार्थी भर्ना क्षमताअनुसार कोटा पूरा नभएको उनले बताए। एक पटक प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना आह्वान गर्दा मागअनुसार नभएपछि फेरि प्रवेश परीक्षा लिएको र विद्यार्थी भर्ना प्रक्रिया जारी रहेको पनि उनले जानकारी दिए।

रामपुरको कृषि तथा वन विश्वविद्यालयमा पनि कुल विद्यार्थी भर्ना क्षमताको ४० प्रतिशतभन्दा बढी रिक्त रहेको विश्वविद्यालयले जनाएको छ। पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतका राष्ट्रिय स्तरकै अन्य विश्वविद्यालयमा पनि विद्यार्थी भर्नाको अवस्था न्यून छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज