काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । गएराति भएको खेलमा काेलकाताले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको हो । चेन्नईले जितका लागि दिएको १४५ रनको लक्ष्य काेलकाताले ९ बल बाँकी छँदै भेट्टायो ।
काेलकाताका लागि नितिश राना र रिंकु सिंहले अर्धशतकीय पारी खेले । रानाले ५७ र सिंहले ५४ रनको योगदान दिए । चेन्नईका दीपक चहरले तीन विकेट लिए । यस अघि चेन्नईले ६ विकेट गुमाएर १४४ रन जोडेको थियो । चेन्नईका शिवम् दुबेले सर्वाधिक ४८ रन बनाए ।
यस्तै, देवन कन्वेले ३०, रविन्द्र जडेजाले २० र ऋतुराज गायकवाडले १७ तथा अजिन्का रहानेले १६ रन जोडे । काेलकाताका लागि वरुण चक्रवर्ती र सुनिल नरैनेले दुई/दुई तथा वैभव अरोरा र शार्दुल ठाकुरले एक/एक विकेट लिए । विजयी काेलकाेता १३ खेलमा १२ अङ्कसहित साताैँ स्थानमा रहेकाे छ भने १३ खेलमा १५ अङ्क जाेडेकाे चेन्नई दाेस्राे स्थानमा रहेकाे छ।
यसअघि हिजोको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको थियो ।