काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको छ । राति भएको खेलमा क्रिस्टल प्यालेस आर्सनलसँग १–० गोलले पराजित भयो । उसका मार्टिन ओडेगार्डले खेलको ५३औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै आर्सनलले तीन अङ्क जोडेको छ । यो सिजनमा लगातार दुई खेल जितेको आर्सनलको ६ अङ्क भएको छ । आर्सनलल तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा आर्सननले नटिङ्घम फरेस्टलाई २–१ गोलले हराएको थियो ।
पहिलो खेलमा सेफिल्ड युनाइटेडलाई हराएको क्रिस्टल प्यालेसको तीन अङ्क छ ।