काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासललाई हराएको छ ।
न्यूक्यासलले खेलको २५ औँ मिनेटमा बनाएको एक गोलको अग्रतालाई उल्टाउँदै लिभरपुल २–१ ले विजयी भयो ।
न्यूक्यासलका एन्टोनी जोर्डोनले गरेको गोल जितका लागि पर्याप्त भएन ।
खेलको २८ औँ मिनेटमा नै लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । उसका भान डायकले रातो कार्ड पाएका थिए ।
लिभरपुलले खेलको ८१ औँ मिनेटमा बराबरी गोल गरेको थियो ।
त्यसपछि इन्जुरी समायनमा डारविन नुनिजले नै थप गोल गरे ।
लिभरपुलको तीन खेलमा ७ अङ्क भएको छ । अङ्कतालिकामा लिभरपुल चौथौ स्थानमा छ ।
त्यस्तै अर्को खेलमा एस्टनभिल्ला विजयी भएको छ । एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले हरायो।
उसको ३ खेलमा ६ अङ्क भएको छ । एस्टन अङ्क तालिकाको छैटौँ स्थानमा छ ।