जिल्ला प्रहरी कार्यालय कपिलवस्तु शुद्धोधन गाउपालिका उप प्रमुखमाथी सार्वजनिक मुद्दा दर्ता गरेको छ । गत मंसिर १६ गते गाउपालिका उपाध्यक्ष होमप्रकाश चौधरीले प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथी गालीगलौज, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाचौ दिनका दिन मुद्दा दर्ता गरेको हो ।
सोमवार दिउसो ४ बजेतिर उपाध्यक्ष चौधरी बिरुद्ध मुलकी अपराधिक संहीता २०७४ को परिच्छेद ५ अन्र्गत सार्वजनिक हीत, स्वास्थ्य सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुरमा मुद्दा दर्ता भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए । यधपी पक्राउ पुर्जी भने अझै जारी नभएको उनले बताए । सो मुद्दाको फाईल प्रशासन कार्यालयमा पेश गरिए पछि प्रजिअ शंकरहरि आचार्यले अनुमति दिए पछि बल्ल पक्राउ पुर्जी जारी हुने कानुनी प्रावधान छ । उपाध्यलाई कारबाहीको माग गर्दै गाउपलिकार र ६ वटै वडाका कर्मचारीहरु ५ दिन देखि कार्यालय बन्द गरी बिरोधमा उत्रेका छन ।
उपाध्यक्षलाई कारबाहीको माग गर्दै शुद्धोधन गाउपालिकाको ५ दिन देखि कामकाज ठप्प, सेवाग्राही मर्कामा