Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्ने तयारी

Author Avatar साझा न्यूज 23rd May 2025 , 1:21 PM
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्ने तयारी

काठमाडौँ । नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए।

उनले भने, “नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन । पहिलो अभ्यासका रूपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ । जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ । प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरू समावेश गरिनेछ ।”

राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो । त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए । तीमध्ये छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताए ।

सातै प्रदेशमा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए। “लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन गर्दैछौँ । यसमा मौलिक शिल्प ज्ञानहरू हुनेछन् भने त्यो साङ्केतिक रूपमा पनि हेर्न पाइने व्यवस्था गरिने छ । प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहने छन्”, सदस्यसचिव काफ्लेले भने, “यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ । नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू देख्न पाइने छन् । राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू प्रदर्शनीमा समावेश हुनेछन् ।”

प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यू मिडियासँग सम्बन्धित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राख्ने जनाइएको छ । नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउछन् । उनले भने, “भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनुपर्छ । कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय पहुँचमा पुर्‍याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो । विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ ।”

प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएका छन् । यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा साङ्गीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ ।

प्रदर्शनीअन्तर्गत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसका साथै दुई जनालाई विशेष सम्मानका रूपमा अरनिको सम्मान, कला प्रवर्द्धक तथा सहिदको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज