काठमाडौँ, असार ६ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी हुन मलेशिया जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच टोलीलाई बिदाइ गरिएको हो।
प्रतियोगिता असार ७ गते (शनिबार)देखि मलेशियामा सुरु हुँदैछ। क्यानले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीमा सूर्यांशु कोइराला उपकप्तानका रूपमा रहेका छन्।
पूर्वी क्षेत्रीय कपमा नेपालसहित १० देश सहभागी छन्। नेपाल समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’ मा आयोजक मलेशिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
नेपालले प्रतियोगिताको पहिलो खेल आइतबार सिङ्गापुरसँग खेल्नेछ। दोस्रो खेल जापानविरुद्ध असार १० गते (मंगलवार), तेस्रो खेल इन्डोनेसियासँग असार १५ गते र समूह चरणको अन्तिम खेल भूटानसँग असार १७ गते हुने तालिका छ।
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गतेका लागि तय गरिएको छ।
नेपाली टोली यस प्रकार रहेको छ:
-
विपिनप्रसाद शर्मा (कप्तान)
-
सूर्यांशु कोइराला (उपकप्तान)
-
शिवांश बजगाई
-
परिमार्जन यादव
-
रौनक श्रीवास्तव
-
अभय यादव
-
सचिन भट्ट
-
सुगम बुढाथोकी
-
सुयोग भट्टराई
-
सुशील रावल
-
शुभम् खनाल
-
प्रसिद्ध जैशी
-
जोय थापा
-
रोशन शाही
















































