Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन, तीन अर्ब वृद्धि

Author Avatar साझा न्यूज 31st July 2025 , 12:32 PM
बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन, तीन अर्ब वृद्धि

?????????????????????????????????????????????????????????

नेपालगन्ज, साउन १५ गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ र प्रदेश सरकारका कार्यालयहरुमार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले दिनुभएको जानकारी अनुसार बाँकेमा गत आर्थिक वर्षमा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै गत आर्थिक वर्षमा तीन अर्ब ६ करोड एक लाख ९४ हजार ३७२ रुपियाँले वृद्धि भई २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लामा राजस्व सङ्कलन गर्ने कार्यालयहरु मध्ये सबैभन्दा बढी राजस्व नेपालगन्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ । सो कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले डिजेल आयातबाट मात्रै छ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

नेपालगन्ज भन्सारलेले आव २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

बाँके जिल्लामा दोस्रो सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय आन्तरिक राजस्व कार्यालय रहेको जनाउँदै कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीले सो कार्यालयले गत आवमा आठ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपियाँ सङ्कलन गरेको बताउनुभयो ।

सो कार्यालयले अघिल्लो आव २०८०/८१ मा सात अर्ब ६९ करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

जिल्लामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्दै आएका नेपालगन्ज भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय दुबैको राजस्व सङ्कलनमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।

भन्सार कार्यालयले गत आवमा राजस्व सङ्कलनमा दुई अर्बभन्दा बढी वृद्धि गरेको छ भने आन्तरिक राजस्व कार्यालयले गत आवमा अघिल्लो आवको तुलनामा ७४ करोडभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज