कपिलबस्तु । कपिलवस्तु कारागारमा रहेका एक कैदीबन्दीको आकस्मिक मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारी रहेका छन् ।
कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी एक्कासि बेहोस भएका थिए । बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पु¥याइएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रशासक भण्डारीले अन्सारीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताउनुभयो । उहाँका अनुसार खाना खाएपछि अचानक बेहोस भएका उनलाई तत्काल अस्पताल पु¥याइए पनि बचाउन नसकिएको बताउनुभयो ।
कपिलवस्तु कारागारमा दुईवटा ब्लकमा गरी हाल ४२४ जना कैदीबन्दी रहेका छन् ।














































