Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर

Author Avatar साझा न्यूज 31st July 2025 , 12:41 PM
स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै रामपुर

रामपुर  (पाल्पा), साउन १५ गते । रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित “हाम्रो रामपुर” पाठ्यपुस्तक निर्माण गर्न तयारी थालेको छ । स्थानीय पाठ्यक्रम लागु भएको दुई वर्षपछि पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।

नगरभित्रका वडा तथा बस्तीको भूगोल, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका विषय संगै आर्थिक, समाजिक, सांस्कृतिक पक्षलाई  समेटेर कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुको लागि पाठ्यपुस्तक तयार गर्न लागेको हो । नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माणका लागि कार्यदल गठन गठन गरेको थियो ।

कार्यदलले नगरका १० वटै वडामा पुगेर वडा तथा बस्तीको भूगोल, ईतिहास , स्थानीय सरकार, सांस्कृतिक सम्पदा, वन वातावरण तथा सरसफाई , स्थानीय आर्थिक विकासका आधार तथा पर्यटन, सामाजिक विकास, स्थानीय विकासका पूर्वाधार, विपद व्यवस्थापन र सुरक्षा गरी ८ वटा विषवस्तुमा आधारित रहेर सूचना संकलन गरेको स्थानीय पाठ्यपुस्तक लेखन कार्यदलका संयोजक देवराज देवकोटाले बताउनुभयो । वडाबासीको प्रत्यक्ष सहभागितामा हरेक बस्तीको यथार्थ वस्तुस्थिति बारे जानकारी संकलन गरिएको देवकोटाले बताउनुभयो ।

संकलित सूचनाको आधारमा विषयवस्तु छनौट गरी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री लेखन कार्यलाई अगाडी बढाउने कार्यदलले जनाएको छ । नगरपालिकाले शैक्षिक सत्र २०८० मा स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरेको थियो । पाठ्यपुस्तकको आवश्यकता महशुस गरेर यस वर्ष निर्माणको तयारी थालिएको शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । पाठ्यक्रम कार्यान्वयन र प्रभावकारी कक्षा शिक्षणका लागि पाठ्यपुस्तक सहित सन्दर्भ सामग्री निर्माण गर्न लागेको हो ।

पठनपाठनमा एक रुपता ल्याउनका लागि स्थानीय पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागिएको नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । स्थानीय वस्तुस्थितिको बारेमा जानकारी दिन पाठ्यक्रम लागु गरेर पाठ्यपुस्तक निर्माणको काम सुरु गरेको थापाले बताउनुभयो । स्थानीय शिक्षकहरुको सक्रियता र स्थानीय व्यक्तिहरुसंग सूचना संकलन गरी सबैको सहभागितामा तयार पारिएको पुस्तक वस्तुनिष्ठ, विश्वसनीय र प्रभावकारी हुने भएकाले स्थानीय शिक्षकहरुलाई नै परिचालन गरिएको जानकारी दिनुभयो ।

उपप्रमुख बाल कुमारी थापाले पाठ्यक्रम लागू भए पनि पाठ्यपुस्तक नहुँदा शिक्षक विद्यार्थीलाई पठन पाठनमा असहज भएका कारण पुस्तक तथा सन्दर्भ सामग्री निर्माण गर्न लागेको बताउनुभयो । प्रवक्ता कपिल बहादुर खाँणले नगर भित्र रहेका जातजाति, भाषा, संस्कृति लगाएत स्थानीय विषय बारे अभिलेख सहित विद्यार्थीहरुलाई शिक्षण र भावि पुस्तालाई अध्ययन गर्न पाठ्यपुस्तक महत्वपूर्ण हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज