Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संघर्ष समितिद्वारा चौथो चरणको आन्दोलन घोषणा

Author Avatar साझा न्यूज 12th August 2025 , 1:23 PM
संघर्ष समितिद्वारा चौथो चरणको आन्दोलन घोषणा

सप्तरी, साउन २७ गते । सप्तरीको राजविराजबासी विगत दशकौंदेखि ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट वञ्चित भएका पीडितहरुले चौथो चरणको आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलनरत संघर्ष समितिले आफ्ना माग पुरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको हो । संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै सोमवार ज्ञापनपत्र समेत बुझाइएको थिए ।

घोषित आन्दोलनको कार्यकम अनुसार भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने रहेको छ ।

यस्तै १६ गते संघर्ष समिति तथा नगरबासीको वृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक अन्सारीले सञ्चारकमीलाई जानकारी दिनुभएको छ ।

यसैगरि सोही ज्ञापनपत्रमा राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण, खाडो नदी तट्बन्ध क्षेत्रका जग्गाहरूको नापी, राजविराज–कञ्चनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था तथा सप्तरीको सिमानाका क्षेत्रमा वर्षौंदेखि बन्द रहेका छोटी भंसार कार्यालयहरु अविलम्व संचालन गर्न माग समेत अगाडी सारिएको संघर्ष समितिका संयोजक अन्सारीले बताउनुभयो ।

वि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको कालदेखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट वञ्चित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज