Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

Author Avatar साझा न्यूज 13th August 2025 , 5:33 PM
मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु, २८ साउन । सरकारी अनुदानको रसायनिक मलको कालो वजारी गरेको आरोपमा प्रहरीले एक जना सहकारी संचालकलाई पक्राउ गरी थुनामा राखेको छ । मायादेवी गाउंपालिकाको डुमरा स्थित चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाका संचालक वशिष्ठ पाण्डेयलाई प्रहरीले सरकारी अनुदानको मलखादको कालो बजारी गरेको आरोपमा कालो बजारी सम्वन्धी कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।

मलखादको कालो बजारी गरेको आरोपमा पक्राउ परेका पाण्डेय उपर थप अनुसन्धानको लागि प्रहरीले पाण्डेयलाई पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाण्डेयले सहकारी मार्फत खरिद गरेको मल र कहां कसलाई विक्री गरेका छन् ? सो को विषयमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाईएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

मायादेवी गाउंपालिकाको वडा नं. ५ बलुहवाका कृषकहरुलाई विक्री वितरण गर्न भनि साल्ट ट्ेडिंग कर्पोरेशनको कृष्णनगर कार्यालयबाट चेतना सामुदायिक विकास कृषि सहकारी संस्थाले १ सय ९७ बोरा यूरिया मल खरिद गरेको थियो । तर सो मल बलुहवाका कृषकहरुले पाएनन् । मलखाद कालोबजारी भई बाटोमै हराएको कृषकहरुको गुनासो छ ।

पालिकामा मलखाद खरिद तथा वितरणका लागि नियमन गर्ने जिम्मेवारी उपप्रमुखको हुन्छ । यस सम्वन्धमा वडा नं. ५ का अध्यक्ष राघवेन्द्र पाण्डेयले आफुलाई कुनै जानकारी नभएको बताए । आफ्ना वडा र समग्र पालिकाकै किसानहरुलाई मलखादको निकै समस्या रहेको उनले बताए ।

आफ्नो वडाले पाउनु पर्ने कोटाको मल वडाका कृषकहरु सम्म नआएको भन्दै केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा हराएको मलखादको छानविन गरिदिनु स्थानीय कृषकहरुले उजुरी दिएका थिए । यस सम्वन्धमा छानविन गर्न सम्वन्धित गाउंपालिकालाई नै जिम्मा दिए पनि गाउंपालिकाले छानविनका लागि कुनै प्रक्रिया अघि नबढाए पछि सोको छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिईएको प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ्गले बताए ।

कृषकहरुलाई सहुलियत दरमा आउने मलखादको कालो बजारी गर्ने, सम्वन्धित वडा भन्दा बाहिर अन्यत्र लगेर विक्री वितरण गर्ने लगायतका नियम विपरित कामकाज गर्ने जो कोहीलाई पनि कानुन अनुसार कडा कारवाही हुन्छ, प्रमुख जिल्ला अधिकारी तामाङ्गले भने ।

स्थानीय प्रशासनले मलखादको कालोबजारी गर्ने सम्वन्धमा छानविन अघि बढाए संगै जिल्लामा अवैध ढंगबाट मलखादको कालो बजारी गर्ने सहकारीका अगुवाहरु त्रासको तरंग मच्चिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज