कपिलवस्तु, भदौ १५ गते । “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने नारासहित १८ औं पुस्तकालय दिवस कपिलवस्तु नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । दिवसको अवसरमा कपिलबस्तुको सदरमुकाम तौलिहवा स्थित पशुपति प्रताप पुस्ताकलय भवनको उद्घाटन गरिएको हो । वि.स. १९९३ सलामा स्थापना भई सञ्चालनमा अएको पुस्तकलयमा नेपाली, अंग्रेजी, हिन्दी, नेवारी, उर्दु र संस्कृत गरी ७ हजार भन्दा बढी पुस्तकहरु रहेका छन् ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई मानव सभ्यताको मेरुदण्डको रुपमा रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो “पुस्तकालय केवल पुस्तक राख्ने ठाउँ मात्र होइन, यो ज्ञान, चेतना र सभ्यताको केन्द्र हो । यसलाई जन–जनको अभियानका रुपमा विकास गर्न सक्यौं भने बालबालिका देखि युवापुस्ता र आम नागरिक सबैले अध्ययन संस्कृतिको पुनर्जागरणमार्फत उज्ज्वल भविष्य निर्माण गर्नेछन् ।”
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेले कपिलबस्तु सदरमुकाम तौलिहवामा रहेको पशुपति प्रताप पुस्ताकलय देशकै प्राचीन पूस्तकलयको रुपमा आउने गरेको बताउनुभयो । पाण्डेयले १९९३ सालमा स्थापना भएको पुस्तकालय अहिले दुई कट्ठा जग्गा जमिनसहित निरन्तर सेवा दिइरहेको उल्लेख गर्दै यसको दिगोपनका लागि सरकार र समुदाय दुवैको भूमिका अपरिहार्य भएको बताउनुभयो ।
विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरी लगायतले पुस्तकालय अभियानलाई सामूहिक दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । स्थानिय तहका शिक्षा शाखा प्रमुखहरुको तर्फबाट खिम बहादुर जिसी र सामुदायिक विद्यालयहरूको तर्फबाट सञ्जय कुमार बर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण, प्रतिभावान विद्यार्थीलाई सम्मान तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका सचिव बसन्तप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महाशाखा प्रमुख ऋषिराम शर्माले गर्नुभएको थियो ।
















































