कपिलवस्तुको मायादेबी गाउपालिका १ पकडी स्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमवार बिहान मर्थी खोलमा फेला परेको छ । अमित कुमार ओझाको २ बर्षिया छोरी मान्सा ओझा कार्तिक २२ गते बिहान १० बजे देखि हराएकी थिईन ।
बालिकाको शव घर देखि ३ किलाे मिटर दक्षिण मायादेबी गाउपालिका १ र सुद्धोधन गाउपालिका ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
















































