Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तीन जिल्लाको सङ्गममा पर्यटकीय गन्तव्य कंके देउराली

Author Avatar साझा न्यूज 13th November 2025 , 2:25 PM
तीन जिल्लाको सङ्गममा पर्यटकीय गन्तव्य कंके देउराली

रेसुङ्गा (गुल्मी), कात्तिक २७ गते । गुल्मी, अर्घाखाँची र प्युठानको सङ्गममा सालझण्डी–ढोरपाटन र मदन भण्डारी राजमार्गसँगै जोडिएको कंके देउराली मदाने गाउँपालिकाको अत्यन्तै मनमोहक पर्यटकीय स्थल हो ।

यो करिब आठ हेक्टर क्षेत्रफल फैलिएको छ । अग्लो ठाउँमा अवस्थित कंकेबाट गुल्मीसहित अर्घाखाँची, प्युठान, रुकुम रोल्पा र उत्तरका मनमोहक हिमालको दृश्यावलोकन गर्न सकिन्छ । कंके देउराली प्राकृतिक रुपमा निकै आकर्षक रहेकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि राम्रो गन्तव्य बन्न सक्ने सम्भावना बोकेको ठाउँ हो ।

यो क्षेत्रमा मुख्य गरेर सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकिल जस्ता जडीबुटीहरु पाइन्छन् भने लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्ला लगायतका वनस्पतिहरु प्रशस्त पाइने कंकेका जानकार मदाने गाउँपालिका–६ पुर्कोटदहका अगुवा भोजबहादुर कुँवरले बताउनुभयो । कंके देउराली प्राकृतिक रुपमा मात्रै नभएर मदानेका नागरिकको धार्मिक आस्थाको धरोहर हो । मदाने गाउँपालिकाका नागरिकहरुले गाईको दूध धार दिने, नयाँ अन्न उब्जनी हुँदा देउरालीलाई नचढाएसम्म खाँदैनन् ।

कुँवरका अनुसार जमानामा धेरै गाई पाल्ने र एउटा गाईले देउरालीमा दुध बगाउने गरेकाले पछि पनि स्थानीयले दुध चढाउँदै आएका छन् । उहाँल कंके देउराली धार्मिक एवं प्राकृतिक दृष्टिकोणले निकै सुन्दर र विचित्र भए पनि सोचे अनुसारको विकास नभएको बताउनुभयो ।

स्थानीय सरकारहरु गठन भएपछि कंके देउरालीको विकासका केही नयाँ आशा देखिए पनि प्रयाप्त छैनन् । स्थानीय तहको निर्वाचनपछि तीनै तहहरुबाट कंके देउरालीमा सडक, शिव मन्दिर, आकर्षक सिडी, भ्यु टावर, पोखरी, मञ्च, बाल उद्यान लगायतका संरचना निर्माणको काम भइरहेको छ । कंके देउरालीको थप विकासको लागि गाउँपालिकाले गुरु योजना निर्माण गरेको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताउनुभयो । देउरालीको थप पर्यटकीय विकासको लागि गुहारी खोलामा बाँध बाधेर कृत्रिम ताल निर्माणको काम गर्ने महत्वाकांक्षी योजनाको चर्चा निकै भइरहेको छ । तर, फिल्डमा काम नदेखिएको उपप्रमुख खड्काले बताउनुभयो ।

यो कंके देउराली सालझण्डी–ढोरपाटन र मदन भण्डारी राजमार्गको नजिकको पर्यटकीय गन्तव्य भएकाले तराईबाट अर्घाखाँची हुँदै बाग्लुङ्ग पुग्ने पर्यटक र मदनभण्डारी राजमार्गबाट पूर्वपश्चिम गर्नेहरुको रोजाइमा पर्न सक्छ । कंकेकै नजिक मदानेले मदाने गाउँपालिका–७ भनभनेको रोल्माको स्काई साइकेलिङ्ग र जिपलाइन सुरु गरेको छ । बसाइँसराइ भइरहेको नाममा स्थानीय तहले कृषि र पर्यटनको क्षेत्रमा लगानी बढाउन विलम्ब गरिरहेका छन् ।

तर यो कृषि पर्यटनमार्फत स्थानीयको अर्थोपार्जनमा टेवा पुर्‍याउने गतिलाे आधार रहेको मुसिकोट नगरपालिका–६ कुर्घाबाट कंके घुम्न पुगेका विवेक केसीले बताउनुभयो । उहाँले भोलिको सम्भावना र समृद्धि नसोचेर लहडमा गरिएको विकासको उपलब्धि नहुने भएकाले प्रत्येक स्थानीय तहमा दीर्घकालीन सोच र योजनाको अभाव रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

झुट्टा मुद्दा फिर्ताको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

सिकलसेल एनिमियाको उपचार सहज बनाउन माग

भर्खरै प्रकाशित

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

पोखराको सेती नदी थुनियो

पोखराको सेती नदी थुनियो

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

साझा न्यूज पत्रिका २०८३ साउन ३ गते आइतबार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज