Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 13th November 2025 , 2:32 PM
छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, कात्तिक २७ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिबारदेखि बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २७ विद्यालयले सहभागिता जनाएका छन् ।

खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुहुँदै प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिभाको पहिचान र विकासलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरस्तरमा सञ्चालन भएका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा खेलप्रतिभाको विकासका लागि र राष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पुग्ने नगर प्रम्ख सुरत केसीले बताउनुभयो । प्रतियोगिताहरूले खेलाडीहरूको प्रतिभा पहिचान गरी क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुगेको उहाँको भनाइ छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न तीन सय ७८ इभेन्टमा विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने नगरपालिका शिक्षा शाखा अधिकृत कमलप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब ८ सय खेलाडी विद्यार्थीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेतालाई ५१ हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा  पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ४० हजार र ३० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति अर्जुज शर्मा,शिक्षा,युवा तथा खेलकुद शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले  खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेल क्षमताको पहिचान र अनुशासीत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

उद्धार गरिएकी महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भर्खरै प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज