Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घोराही–तुलसीपुर सडक विस्तार सुरु

Author Avatar साझा न्यूज 20th November 2025 , 10:24 AM
घोराही–तुलसीपुर सडक विस्तार सुरु

घोराही, मङ्सिर ४ गते  । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । चार लेन सडक निर्माणका लागि सर्भेसँगै ‘भेरिफिकेसन’ को काम सकिएपछि चार लेन सडक विस्तारको काम सुरु भएको हो ।

चार लेन सडक विस्तारसँगै स्तरोन्नतिका लागि घोराही उपमहानगरपालिका–१०, अमराईदेखि सडक निर्माणको काम दिवा/बन्दन भगवती जेभीले सुरु गरेको छ । सडक निर्माणका लागि पहिलो चरणमा दुई वटा एक्साभेटर प्रयोग गरेर सडकको दायाँबायाँ साइडमा माटो कटिङ, सरसफाइसँगै खाडल भएको ठाउँमा माटो फिलिङ गर्ने काम गरिरहेको दिवा÷बन्दन भगवती जेभीका प्रबन्धक इन्जिनियर सुनील ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम गरिने छ । ग्राभेल भरेपछि उक्त सडकमा सवारीसाधन गुड्न सक्ने छन् ।

निर्माण कम्पनीका प्रतिनिधि ढुङ्गानाले भन्नुभयो, “पहिलो चरणमा चार/पांच वटा एक्साभेटर प्रयोग गरेर काम सुरु गर्ने तयारीमा छौँ । दुई वटा एक्साभेटरले काम गरिरहेको, अरू थप आउँदै छन् ।” उहाँका अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखोरसम्मको करिब २१.५८ किलोमिटर सडकखण्डमध्ये पहिलो चरणमा घोराहीको गुर्जेखोलादेखि नारायणपुरसम्मको काम हुने छ ।

सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुने छ । ग्रामीण क्षेत्रमा भने १५ मिटर मात्र कालोपत्रे हुने छ । सडकखण्डको करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्ने छ  । सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रकुमार विष्टले सडक विस्तारका क्रममा सडक क्षेत्रमा परेका रुख, विद्युत् पोल हटाउनुपर्ने भए पनि अहिले निर्माण कम्पनीले तत्काल हटाउन नपर्ने ठाउँबाट सडक निर्माणको काम सुरु गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार चार लेन सडक समयमै निर्माण सम्पन्न गर्ने गरी निर्माणको काम भइरहेको छ ।

सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा/बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम सक्नुपर्ने छ ।

यसअघि भारतको एक्जिम बैङ्कको ऋण लगानीमा २०७६ सालदेखि चार लेन सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीको लापर्बाहीका कारण सडक लामो समयसम्म अलपत्र परेपछि सरकारले २०८० जेठमा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज