Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुसभित्रै प्रदेशवासीलाई खोप, १ अर्ब विनियोजन

Author Avatar साझा न्यूज 21st July 2021 , 11:57 AM
पुसभित्रै प्रदेशवासीलाई खोप, १ अर्ब विनियोजन

पोखरा । गण्डकी प्रदेशले सबै नागरिकलाई पुग्ने खोप खरिद गर्ने भएको छ । प्रदेशभित्रका सबै नागरिलाई पुग्ने गरि खोप किन्न बजेट समेत छुट्याईएको हो ।

कोभिड-१९ विरुद्धको खोप खरिद गर्न १ अर्ब रुपैयाँ राखिएको र आवश्यक परे सवा १ अर्ब थप्न सकिने सरकारले जनाएको छ । ‘कोरोना-१९ विरुद्धको खोप शीर्षकमै १ अर्ब छ । आवश्यक पर्दा सवा १ अर्ब जति अर्थ विविधबाट निकाल्न सकिन्छ,’ सरकारका प्रवक्ता कुमार खड्काले भने, ‘हाम्रो प्रमुख दायित्व नै जनताको जिउधनको रक्षा गर्ने हो ।’ विकास निर्माणका कामलाई केही पछि राखेर प्रमुख प्राथमिकतामा खोपलाई राखिएको उनको भनाई छ । ३० अर्ब बजेटमध्ये सवा २ अर्ब खोपमा मात्रै विनियोजन गरिएको हो ।

संघ सरकारले चैतसम्म सबै नागरिकले खोप पाउने घोषणा गरेको छ । तर प्रदेशको घोषणा अनुसार पुसभित्र खोप पुगिसक्नु पर्छ । ‘संघले निःशुल्क दियो भने ढुक्कै भयो । हामीले ६ महिनाभित्र खोप उपलब्ध गराउने भनेका छौं,’ उनले भने, ‘कि समयमै खोप दिनुप¥यो । नभए प्रदेशले खरिद गर्न स्विकृति दिनुप-यो ।’ वार्षिक विकास कार्यक्रममा बजेट विनियोजन भएपनि खोप खरिद प्रक्रिया भने झण्झटिलो छ । प्रदेशले चाहेर मात्रै खोप किन्न सकिँदैन ।

संविधानतः अन्तर्राष्ट्रिय सम्बन्ध र ग्लोबल टेण्डरको लागि संघ सरकारको स्विकृति लिनुपर्ने व्यवस्था छ । त्यसमाथि प्रदेशले खरिद गरेको खोपले कुनै समस्या ल्यायो भने त्यसको दायित्व संघ सरकारलाई पर्छ । ‘संघसँग आग्रह गरेर बाटो सहज बनाईदिन भन्छौं । दातृ संस्थासँग र खोप उत्पादनसँग पनि कुरा भैरहेको छ,’ खड्काले भने, ‘ग्रीन सिग्नल मिल्ने बित्तिकै काम सुरु भैहाल्छ ।’

गण्डकीमा अहिलेसम्म ३ लाख ५१ हजार ९ सय ६७ जनाले पहिलो डोज खोप लगाईसकेका छन् । तिमध्ये ७६ हजार ६६ जनाले दोश्रो डोज पनि पूरा गरेका छन् । ५५ वर्ष उमेर माथीका १ लाख ३४ हजार ४१२ जनाले पहिलो डोज भेरोसेल पनि लगाएका छन् । यो खोप १ लाख ४२ हजार डोज भित्रिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार एक डोज मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सन खोप १ लाख २६ हजार डोज आएको छ । यो खोप पूरा भए एक तिहाईले खोप पाउने उनको भनाई छ । तर दोश्रो डोज कोभिशिल्ड यहाँका नागरिक अधिकांशले पाउन सकेका छैनन् । प्रदेशले दोश्रो डोजका लागि पहल गरिरहेको स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले जानकारी दिईन् । ‘नयाँ नयाँ खोप आईरहेको छ । कोभिशिल्ड दोश्रो डोज नपाउने धेरै हुनुहुन्छ,’ उनले भनिन्, ‘आवश्यक खोप आपुर्तिका लागि पहल भैरहेको छ । धेरै कुर्नु पर्दैन ।’ अझै १० लाख भन्दा बढीले खोप पाउन बाँकी रहेको उनको भनाई छ ।

खोपसँगै सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजारका दरले राहत दिने घोषण पनि गरेको छ । यसका लागि ३० लाख एकमुष्ट विनियोजन भएको छ । यस्तै, कोभिडले ज्यान गुमाएकाको परिवारलाई नगद राहत दिन ५ करोड छुट्याईएको छ । यस्ता परिवारलाई प्रति परिवार ५० हजार उपलब्ध गराउने सरकारी घोषणा छ ।

कोभिडका कारण थला परेका व्यवसाय उकास्नका लागि छुट्टै रकम विनियोजन भएको छ । यसअघिकै सरकारले सुरु गरेको कार्यक्रमलाई निरन्तर गर्दै १ अर्व रुपैयाँ विनियोजन गरेको हो । यसअघि पनि १ अर्व विनियोजन गरेर व्यवसायीले बैंक मार्फत लिएका ऋणको ब्याज तिरिदिएको छ । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई स्थानीय तहसँगको समन्वयमा सीप विकास तालिम दिन प्रत्येक जिल्लामा बजेट पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज