Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

फेरि बढ्दैछ कोरोना सङ्क्रमण, अस्पतालमा थपिए बिरामी

Author Avatar साझा न्यूज 3rd August 2021 , 2:26 PM
थप ३ हजार १२५ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित बिरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ । नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोस्राे सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

अहिले फेरी सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ , वलीले भन्नुभयो, समुदायस्तरमा कोभिडविरुद्ध सावधानी अपनाउन जरुरी देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा साउनको ५ गते कोभिड सङ्क्रमित बिरामी १८ जनाको उपचार भइरहेकोमा सोमबारसम्म अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । जिल्लाका प्रयोगशालामा भइरहेका परीक्षणमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या थपिने गरेको छ ।

जिल्लामा कोभिड सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै राखिए पनि सार्वजनिक विद्यालय, सभा सम्मेलन बाहेक अन्य कार्यमा छुट दिइएको छ । तर नेपालगञ्ज र आसपासका क्षेत्रमा सामाजिक दूरी कायम नभई भिडभाड भएको र अधिकाँश ब्यक्तिहरु मास्क बिना नै आवागमन गर्न थालेपछि बाँकेमा फेरि कोभिडको जोखिम बढेको भन्दै सचेतनामुलक अभियान समेत सञ्चालन भईरहेका छन् ।

वैशाखको मध्यतिर उच्च गतिमा बढेको कोरोनाको दोस्राे चरण त्यसपछि विस्तारै कम हुन थालेकोमा फेरी सङ्क्रमण बढ्न थालेको अस्पताल र प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । सोमबार १५२ जनाको पिसिआर परीक्षण भएकोमा २६ जनामा सङ्क्रमण देखिएको छ ।

बाँकेमा कोभिड सङ्क्रमण बढ्न थाले पनि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सम्भावित तेस्राे लहरको कोभिडसँग सामना गर्नका लागि आवश्यक पूर्व तयारी सुरु गरेको जनाएको छ ।

बाँकेको भेरी अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि कोभिड वार्ड सञ्चालनमा छ । अन्य निजी अस्पताल र स्थानीय तहमा समेत कोभिड वार्डको व्यवस्थापन गरिएको छ ।

कोभिडबाट बाँकेका ३२२ जना र बाहिरी जिल्लाका ३७७ जना गरी ६९९ जनाको निधन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ५१ हजार पुरस्कार

एसईई : ताप्लेजुङमा ४९ परीक्षार्थी अनुपस्थित

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, एक लाख ४६ हजारको ‘एनजी’

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

विद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज