Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

Author Avatar साझा न्यूज 5th August 2021 , 7:31 AM
हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आउनुभएको छ ।

उहाँकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थाल्नुभएको हो ।

स्रोतका अनुसार उहाँकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहनुभएको छ । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थाल्नुभएको निर्मल निवास स्रोतले बताएको छ ।

आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबस्नुभएका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गर्नुभएको बताइएको छ ।

‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किनुभएकाले पारस सरकार निर्मल निवासमा बस्दै आउनुभएको छ । नेपाल फर्कनुभएपछि उहाँ परिवारसँग यति लामो समय सँगै बस्नुभएको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।

करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहनुभएकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किनुभएको छ । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उहाँ थाइल्यान्डमै अड्किनुभएको हो ।

थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किनुभएको हो । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गर्नुभएका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्नुहुन्छ । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन ।, यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज