Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने

Author Avatar साझा न्यूज 5th August 2021 , 7:38 AM
कक्षा १२ को परीक्षा अन्योलमा

काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिनुभयो । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट गरेको छ ।

एक बेन्च एक परीक्षार्थी
बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ । यसबाट परीक्षामा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन हुने अध्यक्ष पौडेल बताउनुहुन्छ । सबैभन्दा धेरै विद्यार्थी हुने अनिवार्य विषयका दिन उपपरीक्षा केन्द्र राख्न पाउने सुविधा बोर्डले परीक्षा केन्द्रहरूलाई दिएको छ । परीक्षा केन्द्र नजिकैको विद्यालय, कलेजमा उपपरीक्षा केन्द्र सञ्चालन गर्न सकिनेछ । केन्द्रमा विद्यार्थीको भीडभाड न्यून होस् भनेर यस खालको प्रबन्ध मिलाइएको बोर्डले जनाएको छ । यसका साथै परीक्षा केन्द्रमा मास्क, सेनिटाइजर अनिवार्य गराइनेछ भने विद्यार्थी, शिक्षकलाई हात धुने प्रबन्धसमेत मिलाउनुपर्नेछ ।

शङ्का लागे अलग्गै परीक्षा
विद्यार्थीलाई कोरोना भाइरसको कुनै शङ्का लागेको भए अलग्गै कोठामा राखेर परीक्षासमेत लिइनेछ । शङ्का लागेका विद्यार्थीलाई मात्र अलग्गै आइसोलेट गरेर परीक्षा लिइने जानकारी उहाँले दिनुभयो । विद्यार्थीले सङ्क्रमणकै कारण परीक्षा दिन नपाउने अवस्था भए नियमित परीक्षा सकिएपछि पुनः परीक्षा लिइनेछ । कोरोना लागेकै कारण पनि विद्यार्थी परीक्षाबाट वञ्चित हुनु नपर्ने उहाँले बताउनुभयो । यी विद्यार्थीको परीक्षाफल पनि नियमित विद्यार्थीसँग एकसाथ गरिनेछ । यसका साथै कोरोना लागेका कारण परीक्षा दिन नपाएका विद्यार्थीले होम सेन्टरबाटै परीक्षा दिनसमेत पाउनेछन् । अन्य विद्यालयमा परीक्षा दिन जान सम्भव नहुने भन्दै होम सेन्टरको व्यवस्था मिलाइएको हो ।

शैक्षिक क्यालेन्डर नबिगार्न सुझाव
बोर्डले समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने गरी परीक्षा स्थगित गर्न नहुने सुझाव सरकारलाई दिएको छ । विगतमा पनि आफूहरूले सङ्क्रमणकै बीचमा कक्षा १२ को परीक्षा सञ्चालन गरेको र त्यसले विश्वविद्यालय तहको स्नातक तहको शैक्षिक सत्र सुचारु हुन पुगेको उल्लेख गर्दै यस पटक पनि शैक्षिक क्षेत्र प्रभावित पार्न नहुने अध्यक्ष पौडेलले बताए । बोर्डको कार्यतालिकाअनुसार परीक्षा लिन सकिए दशैँसम्म नतिजा प्रकाशित गरी तिहारपछि स्नातक तहको कक्षा सुरु हुन सक्ने अवस्था सिर्जना हुने उहाँको भनाइ छ ।

कोरोनाका कारण परीक्षा गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालय स्नातक तहको पहिलो वर्षको परीक्षा हाल सञ्चालन गरिरहेको छ । स्नातक तहमा २० महिना पढेपछि विद्यार्थीले बल्ल परीक्षा दिन पाएका हुन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एनप्याब्सन०का महासचिव सुवास न्यौपानेले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । बोर्डले साउन ३१ बाट कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सञ्चालन गर्दै छ ।

परीक्षाका लागि चार हजार ३३५ वटा परीक्षा केन्द्र तोकिएको छ । यसअघि बोर्डले गत वैशाख २६ बाट परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो तर कोरोना सङ्क्रमणका कारण परीक्षा सञ्चालन हुन सक्ने अवस्था नरहेको भन्दै सरकारले परीक्षा सार्ने निर्णय लिएको थियो ।

यसैबीच बोर्डले कक्षा १२ को परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन परीक्षामा सहभागी हुने सबै विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज