Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोरोना कहरः विदेशमा ४ सय ८६ नेपालीको मृत्यु

Author Avatar साझा न्यूज 7th August 2021 , 9:00 AM
कोरोना कहरः विदेशमा ४ सय ८६ नेपालीको मृत्यु

काठमाडौं । विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ। २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन्। संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन्।

संघका अनुसार १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ। यसमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडमुक्त भइसकेका छन्।
विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन्। उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।

कोभिडकै कारण वैदेशिक रोजगारीको आकार खुम्चिएको छ। पछिल्लो समयमा करिब डेढ लाखको संख्यामा नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन्। कोभिड अघिसम्म बर्सेनि करिब ५ लाखको संख्यामा वैदेशिक रोजगारीमा नेपाली जाने गरेका थिए। कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्किनेको संख्या ५ लाख नाघेको छ। नेपालमा रोजगारीको अवसर सिर्जना गर्न ध्यान नदिइएकाले थप बेरोजगारको समस्या निम्तिएको छ।

नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन्। नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ। मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ। पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ। पछिल्लो साता ती मुलुकहरूमा एक÷एक जना नेपाली कामदारको निधन भएको छ। गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन्। कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन्।

‘पहिलेभन्दा रोग कडा छ, तर पहिलेजस्तो अवस्था कहालीलाग्दो छैन,’ उनले भने। वैदेशिक रोजगारको क्रममा बिदामा आएका नेपाली कामदारलाई क्युआरकोड सहितको खोप लगाउने बातावरण मिलाउनुपर्ने उनले बताए। ‘विदेश जाने नेपाली र बिदामा आएर अलपत्र परेकालाई खोप र क्युआरकोडको व्यवस्था तत्काल गर्नुपर्छ,’ उनले भने।

संघको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा १ लाख २७ हजार ९ सय ३४ जना नेपालीमा कोभिड संक्रमण फेला परेको छ। तीमध्ये १ लाख १७ हजार ५ सय २९ जना नेपाली कोभिडबाट मुक्त भइसकेका छन्।

पछिल्लो दुई साताको अवधीमा मलेसिया र भारतमा रहेका नेपालीमा कोभिडको संक्रमण दर उच्च देखिएको छ। मलेसियामा कार्यरत नेपालीको संख्या धेरै छ। विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्थामार्फत गैरआवासीय नेपाली संघले प्रभावित नेपाली कामदारको तथ्यांक संकलन गर्दैआएको छ।

कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले स्वास्थ्य मापदण्ड अपनाउन सके सक्रमणको जोखिमबाट जोगिन सक्ने बताए।

विदेशमा ८३ लाख नेपाली छन्। श्रम स्वीकृति लिएर मात्रै हालसम्म ५५ लाख नेपाली बिभिन्न मुलुक पुगेका छन्। यसमध्ये कति फर्किए भन्ने यकिन तथ्यांक सरकारसँग छैन। विभिन्न प्रयोजनका लागि विदेशी भूमिमा ८३ लाख नेपाली बसोबास गरिरहेको बताइएको छ। खतरा नटरेका कारण संक्रमण दर अझै बढ्न सक्ने भएकाले विदेशमा रहेका नेपालीलाई मास्क लगाउन, मुख धुनुअघि हात साबुन पानीले धुन, अपरिचित व्यक्तिसँग टाढैबाट भलाकुसारी गर्न, भीडभाडमा न जान र अनिवार्य रूपमा खोप लगाउन डा. सापकोटाले आग्रह गरेका छन्। समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज