Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कलाकार मनोज गजुरेलले गरे दोस्रो विहे, संचारकर्मीलाई गरे यस्तो अनुरोध

Author Avatar साझा न्यूज 11th October 2021 , 3:40 PM
कलाकार मनोज गजुरेलले गरे दोस्रो विहे, संचारकर्मीलाई गरे यस्तो अनुरोध

काठमाडौँ । अहिलेको समयका चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल पुनः वैवाहिक जीवनमा प्रवेश गरेका छन् । यसवर्षको वडादशैंको मौका पारेर गजुरेलले विवाह गरेका हुन् । सोमबार सामाजिक संजालमा आफ्ना शुभचिन्तकहरुलाई आफू दोस्रो पटक वैवाहिक जीवनमा प्रवेश गरेको जानकारी दिंदै सोमाबार नै आफूले विवाह गरेको उनले बताएका हुन् ।

सोमबार विहान भक्तपुरको डोलेश्वर मन्दिरमा गएर परिवारको उपस्थितिमा सोही मन्दिरमा गजुरेलले मञ्जु पोखरेलसँग लगनगाँठो कसेका हुन् । विहाह सकेर सपरिवार मानवसेवा आश्रम, कौशलटारमा रहेका बृद्धबृद्धालाई खाना खुवाएर साथै त्यहाँ रहेका बृद्ध बृद्धाहरुसँग आफूहरुले समेत खाना खाएर फर्किएको उनले बताए ।

‘साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी’ शिर्षक दिएर सामाजिक संजालमा विवाहको तस्विर सार्वजनिक गरेका उनले ‘जीवन सधैं सरलरेखा नहिंड्ने रहेछ’ समेत भनेका छन् । ४ वर्ष पहिले कलाकार गजुरेलको पहिलो वैवाहिक जीवन सम्बन्ध बिच्छेद भएर कानुनी रुपमा टुंगिएको थियो ।

त्यस यता एक्लै जीवन विताईरहेका गजुरेलले ‘जीवन यात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो’ भन्दै नेपाल सरकारकी न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार एक मन्दिरमा गएर विवाह गरेका हुन् । ‘जीवनमा आफ्ना छोरा छोरीहरुको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनुपनि जरुरी थियो’ भन्दै यस्तो अवस्थामा साथ दिने सहयात्रीको अभाव समय क्रममा खटकिदै गएको मात्रै होइन छोराछोरी समेत विवाह गर्नुपर्ने आग्रह भएको समयमा पोखरेलसँग चिनजान हुँदै सो चिनजान घनिष्टतामा बढ्दै जाँदा एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका आफूहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेको उनले बताएका छन् ।

चिनजान र घनिष्टतामा ‘आफूहरुले एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्दै, अगाडि आईपर्ने सुख र दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लिएका छौं ।’ उनले संजालमा पोष्ट गरेको आफ्नो पोष्टमा भनेका छन् । आफूहरुलाई यो निर्णयमा पुग्न आफ्ना बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गरेको गजुरेलले बताएका छन् ।

सम्पूर्ण मिडियाकर्मीहरुलाई सम्बोधन गर्दै आफ्नो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिन गजुरेलले अनुरोध गरेका छ । आफ्नी नयाँ जीवन साथीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिन पनि उनले सञ्चारकर्मीलाई अनुरोध गरेका छन् । आफ्ना सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाइदिन उनले अनुरोध गरेका छन् । उनले भनेका छन, ‘कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नु हुन पनि अनुरोध गर्दछु । त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु ।’

बिगतका अराजक अन्तवारर्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण आफू र आफ्ना छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको उल्लेख गर्दै । त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ भन्दै उनले लेखेका छन्,‘कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला । सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भिर असरलाई पनि महशुस गर्नुहोला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

सिन्दूर र बनारसी सारीमा ऐश्वर्याको कान्स सौन्दर्य (तस्वीर)

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

३४ वर्षपछि सलमान-अमिरका फिल्म फेरि हलमा रिलिज हुँदै

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

गायक बिक्रम जंग शाहको स्वर र नायक पल शाहको अभिनयमा गल्फ्रेन्ड छोडे मैले बजारमा (भिडियो सहित)

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

चार दशकपछि नेवाः सुपरस्टार सिरपा कार्यक्रम

पेसा (कथा)

पेसा (कथा)

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज