Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तस्करको भोज खाने र राउतका कार्यकर्तामाथी बेवास्ता गर्ने २ प्रहरी प्रमुख कारवाहीमा

Author Avatar साझा न्यूज 25th October 2021 , 8:59 AM
तस्करको भोज खाने र राउतका कार्यकर्तामाथी बेवास्ता गर्ने २ प्रहरी प्रमुख कारवाहीमा

काठमाडौं । पदीय जिम्मेवारी अनुरूप काम नगरेको भन्दै दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् ।

पदीय जिम्मेवारी अनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि उनीहरुमाथि ‘कारबाही’ भएको हो । प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरूप प्रदेश दुईका दुई जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरेको छ ।

धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यी दुवै एसपीको काज सरुवा गरिएको हो ।

प्रहरी प्रधान कर्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाउने भएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत छन् ।

त्यस्तै, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर प्रदेश ३ गढीमाई बाहिनीमा कार्यरत एसपी भरत खनियाँलाई गणको जिम्मेवारी सुम्पेको छ ।

प्रहरी प्रधान कार्यालयले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक सरकारी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाई बजार घुमाएको घटनामा धनुषा प्रहरी प्रमुख एसपी रानाभाटको काज सरुवा गरेको हो । जनमत पार्टीका कार्यकर्ताले निर्वस्त्र बजार घुमाउँदा पनि ‘मुकदर्शक’ बनेको भन्दै सुरक्षा निकायको चर्को आलोचना भइरहेको छ ।

यो घटनामा प्रहरी प्रधान कर्यालयले एसपी रानाभाटलाई जिम्मेवारीबाट हटाए पनि सशस्त्र मुख्यालयले भने धनुषाका एसपी नरेन्द्र सेनलाई यो समाचार लेख्दासम्म जिम्मेवारी मुक्त गरेको छैन । यद्यपि, सेनलाई पनि जिम्मेवारी मुक्त गर्न सशस्त्र मुख्यालयमाथि चर्को दबाब छ ।

सर्लाहीका नेपाल प्रहरीका एसपी राठोर र सशस्त्रका एसपी श्रेष्ठलाई भने तस्करी खुला गरेको, तस्करीकै भोज खाएको र सार्वजनिक ठाउँमा तास खेलेको अभियोगमा ‘एक्सन’ लिइएको हो । उनीहरूसँग ‘मोजमस्ती’ गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई भने गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज