आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर शरद ऋतु वि.सं. २०७८ कार्तिक १७ गते तद्अनुसार सन् २०२१ नोभेम्बर ३ तारिख बुधबार कार्तिक कृष्णपक्ष त्रयोदशी तिथि ७ः१४ पर चतुर्दशी तिथि हस्ता नक्षत्र ९ः१६ पर चित्रा विषकुम्भ योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा भयो र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । कागतिहार, कुकुरतिहार, नरक चतुर्दशी, रात्रीको अन्तमा तेल लगाएर नुहाउने ।
आजको राशिफल
मेष – समय अनुकूल छ । पारिवारिक सुख बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । कार्यव्यापारमा सफलता प्राप्त होला । रोकिएको काम बन्नेछ । यश ख्याति फैलिनेछ ।
वृष – धन यश मान महत्व आरोग्यता बढ्नेछन् । हासविलासमा रुचि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – भागदौड व्यस्तता बढ्नेछ । खर्च बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत–संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – पदोन्नति हुनेछ । अन्न धन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ, तर यात्रा गर्दा विशेष ध्यान पर्याउनुहोला ।
तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – स्वास्थ्यमा ध्यान राख्नुपर्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ ।सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।
धनु – सुख सफलता बढ्नेछ । आयस्रोतमा बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
















































