आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर शरद ऋतु वि.सं. २०७८ कार्तिक १८ गते तद्अनुसार सन् २०२१ नोभेम्बर ४ तारिख बिहीबार कार्तिक कृष्णपक्ष अमावश्या तिथि चित्रा नक्षत्र ८ः५४ पर स्वाती नक्षत्र प्रीति योग चतुष्पाद करण आनन्दादिमा चर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा भयो र सूर्यास्त साँझ १७ः१६ बजेमा हुनेछ । लक्ष्मी पूजा, दीपमालिका, सुखरात्रि । पूजाको लागि स्थिर लग्न बृष बेलुकी ५ः५३ देखि ७ः४९ बजेसम्म र सिंह लग्न राति १२ः२३ बजेदेखि २ः३९ बजेसम्म रहनेछ ।
आजको राशिफल
मेष – समय व्यवस्थापनमा कठिनाइ पर्ला तर सुख समृद्धि र आयश्रोत बढ्नेछ । नयाँ काम आरम्भ गर्नु हितकर रहनेछ । जिद्दीपनले भने अप्ठ्यारो पार्न सक्छ तथापि आफन्तको सहयोग प्राप्त हुनेछ । यश वर्चश्व बढ्ला । आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । सन्तानको सुख बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ ।
वृष – समय शुभ भए पनि आश्वासन दिनेहरूको भरमा नपर्नु हितकर हुनेछ । विलासमा आकर्षण बढ्नेछ । तर्क र विवादमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । ख्याति फैलिनेछ ।
मिथुन – दीर्घकालिक लाभ हुने प्रकारको रमाइलो यात्राको सम्भावना छ । साहसिक कर्ममा आकर्षण होला । लाभदायक समय छ । व्यस्तता बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । परिश्रमले सफलता पाउनुहुनेछ । सफलता र समृद्धिको प्राप्ति हुनेछ ।
कर्कट – रोकिएका काम अघि बढ्नेछन् । परिश्रमअनुसारको प्राप्ति पनि राम्रै होला । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । नोकरीमा रहेकाले मान–सम्मान पाउनेछन् । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – पहिलेदेखि नै चिताएको कार्यले आज तीव्रता लिनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । इष्टमित्र र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोतरी हुनेछ । मान महत्व बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
तुला – जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । जीवनसाथीको सल्लाहमा अघि बढ्दा शुभता मिल्ला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । जोखिम बढ्न सक्छ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – दोधारको भाव पैदा भए पनि कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्नेछ र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । विलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहला । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । लामो समयदेखि अधुरो रहेको कार्य पनि शिद्ध हुने योग छ । काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।
मकर – परिवारजनको साथले नयाँ आशा पलाउला । बिघ्न हटेर उन्नति पदोन्नति होला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । मित्रजन एवम् सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – भाग्यले विभिन्न अवसर दिलाउने प्रवल सम्भावना छ । यात्रा होला । खर्च भने बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला । सुख शान्ति रहला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुहोला ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रशन्न रहनेछ । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।
















































