Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वन अधिकृतको अवैध कमाइ झण्डै सात करोड

Author Avatar साझा न्यूज 6th January 2022 , 6:49 AM
वन अधिकृतको अवैध कमाइ झण्डै सात करोड

काठमाडौं । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट झन्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा वन अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टलाई ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । विष्टले गैरकानुनी रूपमा सम्पति आर्जन गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार छानबिनको क्रममा विष्टले विभिन्न समयमा काठमाडौंलगायत विभिन्न स्थानमा २२ वटा घर बनाएर बिक्रीवितरण गरेको पाइएको छ ।
यसैगरी, जग्गाका सयौं कित्तामा लगानी गरेको समेत पाइएको अख्तियारले जनाएको छ । उनले अख्तियारमा स्वआर्जन भन्दै २२ वटा घरमा लगानी भएको विवरण पेस गरेका छन् भने ८७ कित्ता जग्गामा लगानी गरेको समेत भेटिएको छ ।

उनले काठमाडौं, भक्तपुर, कास्की, कञ्चनपुर, दाङ, कैलालीलगायतका जिल्लामा जग्गा खरिद गरेको समेत पाइएको छ । २२ वटा घरमा लगानी गरेका उनले १९ वटा घर बिक्री गरेका छन् भने तीनवटा घर अहिले पनि उनकै नाममा छन् ।

सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्य र पदाधिकारीले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रूख कटान गर्ने कार्यमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले दोषीमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सार्वजनिक लेखा समितिले पठाएको फाइलमा अख्तियारले पनि अनुसन्धान गर्दा विष्टले भ्रष्टाचार गरेको पुष्टि भएपछि मुद्दा दायर गरेको हो ।

विष्ट २७ वैशाख २०५५ मा वन सेवाअन्तर्गत सहायक वन अधिकृत राजपत्रांकित तृतीय श्रेणी प्राविधिक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । ६ चैत २०६८ मा उनी जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका थिए । १७ कात्तिक २०७७ सम्म उनी सुदूरपश्चिम वन निर्देशनालय, धनगढी, कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत थिए । अख्तियारले विष्टको सेवा प्रवेशदेखि हालसम्मको अवधिको सम्पत्तिको लेखाजोखा गर्दा पौने ७ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन देखिएपछि मुद्दा दायर गरेको हो ।

अख्तियारले छानबिन गर्दा सरकारी सेवा प्रवेश गरेदेखि १७ कात्तिकसम्म विष्टको वैध आय १७ करोड ३७ लाख १२ हजार ६ सय २९ रुपैयाँ ३८ पैसा हुनेमा लगानी र खर्च २४ करोड २४ लाख ६९ हजार ७ सय ९ रुपैयाँ ९८ पैसा देखिएको थियो ।

विष्टले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको भन्दै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो दाबीसहित मुद्दा दायर गरेको छ । साथै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार दुई वर्ष कैद हुनुपर्ने माग गरेको छ ।

विष्टले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती रुबी जिसी (विष्ट) को नाममा राखेको अख्तियारले जनाएको छ । घरजग्गा तथा बैंक खाताहरूमा रहेको मौज्दातमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्यबराबरको भागको सम्पत्तिको बिगो साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ (ख) बमोजिम जफत गर्न अख्तियारले माग गरेको छ । समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

कृष्ण सिटौलालाई अध्यक्ष बनाइँदै !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

ओलीको गोजीमा एमाले

विमानस्थल बाहिरबाट बरामद सुन जोख्न राष्ट्र बैङ्क लगिँदै

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नागरिकता विधेयकसम्बन्धी रिट न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज