Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किन पोल्छ पेट ? यस्ता छन् कारणः

Author Avatar साझा न्यूज 10th January 2022 , 9:25 PM
किन पोल्छ पेट ? यस्ता छन् कारणः

पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । आफ्नो दैनिक व्यवहार, खानपीन, जीवनशैली र केही औषधिको प्रयोगले पेट पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

कारण के हो ?

पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्स आदि नै हो । पेटमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा यसले पेट पोल्ने गराउँदछ । कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ । खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा यो समस्या धेरै देखिन सक्छ ।

लक्षणहरु के के हुन ?

पेट पोल्ने समस्या हुने मानिसहरुमा अरु निम्न लक्षणहरु पनि देखिन सक्छ:

  • मुखमा अमिलो पानी आउने
  • खान मन नलाग्ने
  • वाकवाकी लाग्ने
  • बान्ता हुने
  • दुब्लाउँदै जाने
  • खोकी लाग्ने
  • घाँटी दुख्ने
  • दातको रंग बिग्रने

जाँच कसरी गर्ने ?

सामान्य खाली पेटमा पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्राइटिसबाटै हुने भएपनि लामो समयसम्म यो समस्या देखिएमा र औषधि सेवन पछि पनि सन्चो नभएमा भने पेटको इन्डोसकोपी गर्न सकिन्छ । यसबाट पेटमा अन्य कुनै समस्या भएको, हेलीकोब्याक्टर पाइलोरी भन्ने ब्याक्टेरियाको संक्रमण रहेको आदि थाहा पाउन सकिन्छ ।

उपचार के हो ?

पेट पोल्ने समस्याको उपचार भनेको यसको कारण पत्ता लगाएर त्यसको उपचार गर्नु नै हो । ग्यास्ट्राइटिस, रिफ्लक्स आदिको उपचारको निम्ति एसिड बन्न कम गर्ने वा बनिसकेको एसिडलाई निर्मलीकरण गर्ने विभिन्न औसधिको प्रयोग चिकित्सकको सल्लाह अनुसार प्रयोग गर्न सकिन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा पनि विशेष ध्यान पुराउनुपर्छ ।

कस्तो सावधानी अपनाउने ?

पेट पोल्ने समस्या भएका मानिसहरुले निम्न सावधानीहरु अपनाउँदा यो समस्या केही कम हुन सक्छः

  • अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने
  • भोकै खालीपेट नबस्ने
  • बिहान उठेपछि प्रसस्त पानी पिउने
  • तौल घटाउने
  • रक्सी, चुरोट आदि सेवन नगर्ने
  • चिया, कफी आदि धेरै मात्रामा नपिउने
  • एकैचोटि धेरै भन्दा थोरै थोरै धेरैपटक खाने
  • सुत्नु करिब ३ घन्टा अगाडी नै खाना खाने

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज