Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ? जानी राखौ यी कुरा

Author Avatar साझा न्यूज 12th January 2022 , 3:18 PM
मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ? जानी राखौ यी कुरा

काठमाडौँ । दिनदिनै मौसम र तापक्रम परिवर्तन भइरहेकाले धेरैलाई रुघाखोकी लागेको छ । कसैलाई ज्वरोसहित मर्की (फ्लु) पनि देखिएको छ । तर, कोरोनाको लक्षण पनि रुघाखोकीसँगै मिल्दोजुल्दो हुने भएकाले सामान्य रुघाखोकीलाई पनि धेरैले कोरोना नै भनेर आत्तिएको हामीले देखेका छौँ ।

संसारभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आफूलाई सामान्य रुघा लाग्दा पनि धेरैलाई चिन्ता हुन्छ– कतै मलाई पनि कोरोना भाइरसको संक्रमण त भएन ।

तपाईंलाई देखिएका लक्षण रुघाखोकी, मर्की वा कोरोना भाइरस के–को हुनसक्छ भनेर कसरी थाहा पाउने त ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यी तीनै रोगका प्रारम्भिक लक्षणहरु छुट्याएको छ । उक्त वर्गीकरणअनुसार रुघा, मर्की र कोरोना भाइरसका केही समान लक्षण छन् ।

रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैन । उदाहरणका लागि तपाईंलाई हाछ्यूँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक टालिएको छ भने, त्यो कारोना भाइरसको लक्षण होइन । यी कुनै पनि लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिँदैन ।

मौसमी रुघाखोकीका लक्षण
नाकबाट पानी आउने
नाक बन्द हुने
हाछ्यूँ आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने छोटो समयमा निको हुने
अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने

कोरोना संक्रमणका लक्षण
उच्च ज्वरो आउने
सुक्खा खोकी लाग्ने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
खाना नरुच्ने
निको हुन १० दिन लाग्न सक्ने
अक्सिजन र आइसियूको उपचार आवश्यक पर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज