Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ माघ २०७८ शुक्रबार, ११ फेब्रुअरी २०२२)

Author Avatar साझा न्यूज 11th February 2022 , 6:56 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शिशिर ऋतु राक्षसनाम कसंवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ माघ २८ गते शुक्रबार तद्अनुसार सन् २०२२ फरवरी ११ तारख माघ शुक्लपक्ष दशमी तिथि १४ः१३ पर एकादशी तिथि मृगशिरा नक्षत्र वैधृति योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा वृष राशिमा १७ः४० बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः५१ मा हुनेछ । शल्यदशमी, बैतडी गुजरमा बनारसी पूजा ।

आजको राशिफल

मेष – आजको दिन परिश्रमपूर्ण रहेर बित्ला । शत्रुसँग लड्ने क्षमता बढे पनि कार्यको उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । स्वास्थ्यमा पनि ध्यान राख्नुपर्ला ।

वृष – रसरागमा रुचि बढ्नेछ । व्यस्तता पनि वृद्धि होला । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद हुन सक्छ भने विगतका समस्या पनि बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ, तर समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – समय मिश्रित फलदायक छ । धनसम्पत्तिको आवागमन भैरहने छ । लगानी पनि बढ्नेछ । खर्चमा नियन्त्रण राख्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ ।

कर्कट – उच्चाधिकारीको सहयोग समर्थन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा जित हासिल होला । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। हांसविलासमा रुचि बढ्ला । कार्यगति बढ्ला ।

सिंह – ग्रहगोचर उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । मनोरञ्जन क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – कठोर मिहीनेतले कार्यमा सफलता मिल्नेछ । भागदौड बढ्ला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

तुला – सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुने छैन । आयआर्जनका स्रोत भने बढ्नेछन्, व्यापारमा फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । प्रेम र मित्रताको बन्धन कसिने छ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ ।

धनु – आशा उत्साह बढ्ला । मान वृद्धिदायक काम बन्नेछ तर सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।

मकर – शत्रुलाई जित्ने क्षमता बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ ।

मीन – वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । जोखिममा नपर्नु उचित होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

भर्खरै प्रकाशित

सात लाखका अवैध सामान बरामद

सात लाखका अवैध सामान बरामद

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज